काभ्रेको बेथानचोकमा बस दुर्घटना, १३ जनाको मृत्यु

मंसिर २७,काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । बेथानथोक ५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका-४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको हो । काभ्रेका एसपी चक्रराज जोशीका अनुसार १३ जनाको मृत्यु भएको छ । २० जना गम्भीर घाइते भएका छन् । घाइतेलाई उद्दार धुलिखेल अस्पताल पठाइएको छ ।  

पुरा पढ्नुहाेस्