काराबाओ कपः म्यानचेस्टर सिटी बाहिरियो

कार्तिक ११, काठमाडौं । साविक विजेता म्यानचेस्टर सिटी काराबाओ कप फुटबलबाट बाहिरिएको छ । बुधबार राति भएको खेलमा वेस्ट ह्याम युनाईटेडसँग पेनाल्टी सुटआउटमा ५-३ ले हारेपछि सिटी बाहिरिएको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा वेस्ट ह्याम सफल हुँदै क्वाटरफाइनलमा पुगेको छ । पेनाल्टीमा वेस्ट ह्यामका मार्क नोबल, जारोड बोवेन, क्रेग डासन,आरोन क्रेस्वेल र साइद बेन्ह्रामाले गोल गरे । सिटीका ज्याक ग्रेलिस, ग्राबियल जिसस र जोआ कान्सेलोले गोल गरे । सिटीका फिल फोडेनले गोल गर्न सकेनन् । टोटेनहम र लेस्टर सिटी पनि क्वाटरफाइनलमा…

पुरा पढ्नुहाेस्