कार्यदलको बैठक साँझ फेरि बस्ने

साउन १९, काठमाडौं । सत्तारुढ गठबन्धनको न्युनतम साझा कार्यक्रम तयार पार्न मंगलबार विहान बसेको कार्यदलको बैठक साँझ फेरि बस्ने गरी सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धन सरकारको साझा कार्यक्रमको मस्यौदामाथि छलफल भएको थियो । कार्यदलका सदस्यसचिव केशव जोशीका अनुसार सरकारको न्यूनतम साझा कार्यक्रम मंगलबार नै टुंगो लगाउने तयारी छ । कार्यदलले प्रतिवेदन शीर्ष नेतालाई बुझाएपछि सार्वजनिक गरिने एक सदस्यले बताए । कार्यदलको प्रतिवेदनपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने कांग्रेस महामन्त्री एवं कार्यदलका संयोजक पूर्णबहादुर खड्काले जानकारी दिए । कांग्रेस महामन्त्री खड्का संयोजकत्वको कार्यदलमा कांग्रेसबाट डा. मिनेन्द्र रिजाल र…

पुरा पढ्नुहाेस्