कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाई काठमाडौं आइपुगे

भाद्र १,काठमाडौँ । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक मुख्य प्रशिक्षक बनेका प्रदीप हुमागाई काठमाडौं आइपुगेका छन् । हाल अमेरिकामा बसोबास गर्ने उनी बुधबार बिहान स्वदेश फर्किएका हुन् । बुधबारै अखिल नेपाल फुटबल संघ (एन्फा) ले हुमागाईलाई सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा स्वागत गरेको छ । नेपालले ११ असोजमा दशरथ रंगशालामा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ । त्यसैका लागि २६ साउनमा बसेको एन्फा कार्यसमिति बैठकले हुमागाईंलाई कार्यवाहक प्रशिक्षक नियुक्त गरेको थियो । एन्फाले हुमागाईंको सहायक प्रशिक्षकमा युगल किशोर राई र गोलकिपर प्रशिक्षकमा विनोद डंगोललाई नियुक्त गरेको छ । नेपालका मुख्य…

पुरा पढ्नुहाेस्