कुवेत टावरमा पहिलो पटक नेपाली झण्डा फहराइयो

आश्विन ४,काठमाडौँ । कुवेत सिटीको कुवेत टावरमा पहिलो पटक नेपाली झण्डा फहराएको छ । कुवेतमा रहेको नेपाली दूतावासका अनुसार नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सव तथा संविधान दिवसको अवसरमा सोमबार कुवेत टावरमा नेपालको राष्ट्रिय झण्डा विद्युतीय माध्यममार्फत फहराएको हो । कुवेत टावरमा विद्युतीय माध्यममार्फत कुवेत र नेपालको राष्ट्रिय झण्डा सँगै प्रस्तुत गरिएको थियो । त्यहाँ रहेको नेपाली दूतावासको पहलमा कुवेतको परराष्ट्र मन्त्रालयको सहयोग र समन्वयमा नेपाली राष्ट्रिय झण्डा पहिलो पटक कुवेत टावरमा प्रस्तुत गर्न सफल भएको दूतावासले जनाएको छ । नेपालीहरु कार्यरत देशको टावरमा नेपाली झण्डालाई…

पुरा पढ्नुहाेस्