केपी ओलीको क्षेत्रमा राजेन्द्र लिङ्देनको दौडधुप ! ४ सय एमाले कार्यकर्ता भित्र्याए

पुस ५, झापा । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन यतिबेला गृहजिल्ला झापा पुगेका छन् । शनिबार झापा पुगेका उनी ओलीको निर्वाचन क्षेत्रको दौडाहामा देखिएका छन् । लिङ्देन यो बीचमा दमक र गौरादह नगरपालिका तथा गौरीगञ्ज र कमल गाउँपालिकाका विभिन्न स्थानमा पार्टीको कार्यक्रममा सहभागी भए । यस क्रममा उनले ओलीकै निर्वाचन क्षेत्रका एमालेका ४०० बढी नेता– कार्यकर्तालाई राप्रपामा भित्र्याएका छन् । ओलीको ‘शब्द बाणलाई फिल्डबाटै जवाफ दिन’ लिङ्देन झापा आएको राप्रपाका एक नेताले बताए । यद्यपि लिङ्देनले ओलीविरुद्ध त्यस्तो कुनै कडा टिप्पणी भने गरेको अवस्था छैन । ६ महिनाभित्र समान विचारधारा भएका…

पुरा पढ्नुहाेस्