कोभिड नियन्त्रण्मा १० अर्ब खर्च

माघ २८, काठमाडौँ । कोरोना संक्रमणको तेस्रो लहरसँग जुध्न सरकारले पछिल्लो ६ महिनामा करिब १० अर्ब रुपैयाँ खर्च गरेको छ । कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा सरकारले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ९ अर्ब ६९ करोड २५ लाख रुपैयाँ खर्च गरेको हो । गत आर्थिक वर्षमा भने यो शीर्षकमा १३ अर्ब ३१ करोड ४३ लाख रुपैयाँ खर्च भएको थियो । अर्थ मन्त्रालयले बिहीबार सार्वजानिक गरेको चालू आवको अर्धवार्षिक समीक्षा प्रतिवेदनअनुसार आवको ६ महिनामा सबैभन्दा बढी संघीय सरकारले खर्च गरेको छ । यो अवधिमा संघीय सरकारले कोरोना रोकथामा ७…

पुरा पढ्नुहाेस्

मन्त्री खतिवडाद्धारा गृह जिल्लाको खोपकेन्द्रबाट विद्यार्थीलाई खोप कार्यक्रम शुभारम्भ

पुस ५, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले विद्यालय मै खोप केन्द्र राखेर विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाउने कार्यक्रमको शुभारम्भ गरेका छन् । सरकारले आइतबारबाट ७ वटै प्रदेशका ५७ वटा जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धका मोर्डना खोप दिन सुरु गरेको हो । सोही क्रममा गृहजिल्ला मकवानपुरको हेटौंडा उपमहानगर पालिका स्थित भुटनदेवी माध्यमिक विद्यालयको खोपकेन्द्रबाट आइतबार आफैं सहभागी भएर विद्यार्थीहरुलाई खोप लगाउने कार्यक्रमको औपचारिक शुभारम्भ गरेका हुन् । उक्त विद्यालय मन्त्री खतिवडा आफैंले अध्ययन गरेको पुरानो विद्यालय हो । अभियानको शुभारम्भ गर्दै मन्त्री खतिवडाले खोप अभिानबाट…

पुरा पढ्नुहाेस्

कोभिडको डेल्ट प्लस भेरियन्ट झनै संक्रामक

कार्तिक ०७, एजेन्सी । बेलायतको एउटा स्वास्थ्य सुरक्षा निकाय (युकेएचएसए) ले डेल्ट प्लस भेरियन्ट झन चाँडो फैलिने निश्कर्ष निकालेको छ । निकायका अधिकारीहरूले शुक्रबार सार्वजनिक गरेको विवरणमा लामो समयको अध्ययनबाट यस्तो निश्कर्ष निकालिएको उल्लेख छ । यस बारेमा थप अध्ययन अझै भइरहेको पनि उनीहरूको भनाइ छ । तर यसको असर भने गम्भीर प्रकारको नहुने सकारात्मक संकेत पनि अनुसन्धानकर्ताहरूले सुनाएका छन् । अहिले उपलब्ध रहेका खोपहरूले नै यसबाट सङ्क्रमितलाई बचाउन सकिने उनीहरूको निश्कर्ष छ । बेलायतमा पछिल्लो समय कोभिडबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या अत्यधिक धेरै देखिएको छ । तीमध्ये डेल्टा भेरिअन्टबाट सङ्क्रमितहरू…

पुरा पढ्नुहाेस्

भुक्त्तानीको सात महिनापछि आयो ‘कोभिशिल्ड’ खोप

असोज २४, काठमाडौँ । भारतबाट खरिद गरिएको कोभिड-१९ विरुद्धको १० लाख डोज कोभिशिल्ड खोप नेपाल आएको छ । भुक्तानी लिएको सात महिनापछि भारतले उक्त खोप पठाएको हो । अग्रिम रकम बुझाएको खोप भारतले शनिबार मात्रै नेपाल पठाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गएको फागुनमा सरकारले भारतको सेरम इन्स्टिच्युटलाई २० लाख डोज खोपका लागि अग्रिम भुक्तानी गरेको थियो । जसमध्ये १० लाख डोज खोप त्यतिबेलै आएपनि १० लाख डोज भने ७ महिनापछि मात्रै नेपाल आइपुगेको हो । भारतले समयमै खोप नदिँदा पहिलो डोज खोप लगाएका लाखौँ नागरिकले अझै दोस्रो डोज लगाउन…

पुरा पढ्नुहाेस्

३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड १९ विरुद्धको खोप लगाइने

माघ १३ काठमाडौँ । प्रदेश नं १ मा बिरामीको सेवामा अग्रभागमा खटिने स्वास्थ्यकर्मी र सफाइ कर्मचारी गरी ३५ हजारलाई कोभिड १९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाइने भएको छ । प्रदेशअन्तर्गतका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका गरी ३४ हजार ८५१ र ७२५ सरसफाइ कर्मचारी गरी कूल ३५ हजार ५७६ जनालाई कोभिड १९ विरुद्धको खोप लगाइने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले पहिलो चरणमा प्रदेशमा पठाइएको नौ हजार ६०० भायल मात्रा खोप प्राप्त भएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका प्रशासकीय अधिकृत काशीराज पराजुलीले बताए।…

पुरा पढ्नुहाेस्