कोभिडको ‘ओमिक्रोन’ भेरियन्ट: गड्डाचौकी नाकामा उच्च सतर्कता

मंसिर १८, काठमाडौँ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भारतमा पनि देखा परेपछि पश्चिमी सीमानाका गड्डाचौकीमा सतर्कता अपनाउन थालिएको छ । सीमानाका भएर आउने यात्रुहरु मध्ये कोरोनाका संकास्पद विरामीको एन्टेजेन विधिबाट कोरोना परिक्षण गरि नतिजा पोजेटिभ आए नमुना पुनः परिक्षणका लागि केन्द्रिय प्रयोगशालामा पठाउने व्यवस्था गरिएको छ । भारतबाट भित्रिने यात्रुहरुको पश्चिमी सीमा क्षेत्र गड्डाचौकीमै मलेरिया, क्षयरोग र कोरोना परिक्षण गरिने जिल्ला स्वास्थ्यकार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए । यस्तै, कोभिड–१९ सङ्क्रमण जोखिम रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले मुलुकका विभिन्न आठ स्थानमा अघि बढाइएको ‘होल्डिङ सेन्टर’ निर्माण तीव्र रुपमा अघि बढिरहेको…

पुरा पढ्नुहाेस्

भारतमा भेटियो कोभिडको ‘ओमिक्रोन’ भेरियन्ट, दुईजना संक्रमित

मंसिर १६, काठमाडौँ । भारतमा पहिलोपटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । भारतको कर्नाटकमा दुईजना संक्रमित फेला परेका हुन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई उद्धृत गर्दै भारतको स्वास्थ्य मन्त्रालयले ओमिक्रोन संक्रमणको पुष्टि गरेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका सहसचिव लभ अग्रवालले कर्नाटकमा दुई जना ओमिक्रोनका संक्रमित फेला परेको बताए । भारत सरकारको प्रयास हुँदाहुँदै पनि कोरोनाको नयाँ भेरियन्टका विरामी फेला परेका हुन् । कर्नाटकका ६६ र ४० वर्षीय दुई जना पुरुषमा कोरोनाको नयाँ भेरियन्ट संक्रमण पुष्टि भएको हो । योसँगै ओमिक्रोन भेरियन्ट २६ मुलुकमा फैलिएको…

पुरा पढ्नुहाेस्