क्यालिफोर्नियामा डुंगा पल्टिँदा आठजनाको मृत्यु

फागुन २९, काठमाडौँ । क्यालिफोर्नियामा डुंगा पल्टिँदा आठजनाको मृत्यु भएको छ । मानव तस्करीका लागि प्रयोग गरिएको डुंगा पल्टिँदा कम्तीमा आठजनाको मृत्यु भएको बीबीसीले जनाएको हो । सान डिएगोको ब्ल्याक्स बीचमा डुंगा समस्यामा परेपछि खोजी सुरु गरिएको थियो। डुंगा दुर्घटनापछि एक महिलाले क्यालिफोर्नियाको आपतकालीन सेवामा फोन मार्फत आठ देखि १० जना सवार डुंगा पल्टिएको जानकारी गराएकी थिइन् । लगत्तै घटनास्थल पुगेका उद्धारकर्ताले आठ जनाको शव सहित पल्टिएका दुई डुंगा फेला पारेका अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उद्धारकर्ताले कुनै जीवित व्यक्ति फेला पारेनन्। तर केहीले आपतकालीन सेवाहरू आइपुग्नु अघि समुद्र तट…

पुरा पढ्नुहाेस्