आजबाट १७ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको बुस्टर डोज

जेठ २७, काठमाडौं । सरकारले आज शुक्रबार देखि ११ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको बुस्टर डोज खोप दिने भएको छ । हालसम्म १८ वर्ष माथिकालाई मात्रै बुस्टर डोज खोप दिएकोमा कोरोनाविरुद्धको खोप लगाएर तीन महिना पूरा भएका उक्त उमेर समुहलाई पनि बुस्टर डोज खोप दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख सागर दाहालले ११ देखि १७ वर्षसम्मकाले बुस्टर डोज मोर्डना तथा फाइजर जुन लगाए पनि हुने दाहालले बताए । खोप कार्यक्रम पहिला खोप सञ्चालन गरेको केन्द्र वा वडा कार्यालयहरुमा सञ्चालन गरिनेछ…

पुरा पढ्नुहाेस्

चैत २५ देखि बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने

चैत १४, काठमाडौँ । सरकारले १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार टाइफाइड विरुद्धको एक डोज खोप चैत २५ गतेदेखि १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाले लगाउने भएको हो । खोप अभियान आगामी चैत २५ देखि वैशाख १८ गतेसम्म सञ्चालन हुनेछ । खोप लगाउने मिति, निश्चित स्थानको बारेमा बुझ्न नजिकैको वडा कार्यालय र विद्यालयमा बुझ्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । त्यस्तै, यस खोप अभियान पश्चात नियमित खोप कार्यक्रममा टाइफाइड खोप पनि समावेश गरिन्छ । महिना पुगेका सबै बालबालिकालाई एक डोज खोप प्रदान गरिन्छ…

पुरा पढ्नुहाेस्

सबै नागरिकलाई ‘बुस्टर डोज’ खोप आजदेखि लगाइँदै

फागुन १, काठमाडौँ । सरकारले आजदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप दिने भएको छ । कोभिडविरुद्धको पूर्ण मात्रा खोप लगाएको ६ महिना पूरा भएका सबैले आजदेखि बुस्टर डोज लिन पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुस्टर डोजको रूपमा उपलब्धताका आधारमा कोभिसिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय भएको पनि मन्त्रालयले जनाएको छ । यसअघि सरकारले मिक्स म्याचको अवधारणाअनुसार बुस्टर डोजमा फरकफरक खोप पनि दिएको थियो । कोभिड–१९ संक्रमण भएका व्यक्तिहरूले भने संक्रमणमुक्त भएको एक महिनापछि बुस्टर डोज खोप लिन मन्त्रालयले अनुरोध गरेको छ…

पुरा पढ्नुहाेस्

१८ वर्षमाथिका सबैलाई ‘बुस्टर डोज’ दिइने

माघ २८, काठमाडौं । सरकारले १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड-१९ विरुद्धको थप अतिरिक्त मात्रा खोप लगाउने भएको छ । बिहीबार स्वास्थ्य मन्त्रालयले कोभिडविरुद्धको पूरा मात्रा खोप लगाएको ६ महिना पुगेका १८ वर्ष माथिकालाई बुस्टर डोजका रूपमा कोभिसिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय गरेको हो । बुस्टर डोज खोप दिँदा अग्रपंक्तिमा खटिनेहरू, ६० वर्षमाथिका ज्येष्ठ नागरिक, दीर्घरोगी, गर्भवती र सामाजिक जनसांख्यिक रूपमा पछाडि पारिएका व्यक्तिहरूलाई प्राथिमकता दिन भनिएको छ । मन्त्रालयका जनस्वास्थ्य अधिकृत सञ्जयकुमार महासेठले सबै ७७ जिल्लाका स्वास्थ्य कार्यालयलाई पत्र लेखी बुस्टर डोज खोप दिन आग्रह गरेका छन्…

पुरा पढ्नुहाेस्

कोभिडविरुद्धको खोप अभियानमा नेपाल सफल : डब्लुएचओ

माघ २१, काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालले लक्षित जनसंख्याको ७० प्रतिशत नागरिकलाई कोभिड-१९ विरुद्ध खोप लगाएकोमा बधाई दिएको छ । नेपालस्थित डब्लुएचओ कार्यालयले विज्ञप्ति जारी गर्दै १८ वर्षभन्दा माथिको ७० प्रतिशत जनसंख्याले खोप लगाएकोमा बधाई दिएको हो । ‘सत्तरी प्रतिशत जनसङ्ख्यालाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएकामा नेपाललाई बधाई । यो नेपाल तथा सहयोगी निकायको ठूलो सफलता हो । एकजुट भई सहकार्य गरे जे पनि सम्भव हुने यसले सावित गरेको छ,’ डब्ल्युएचओ नेपालले बधाई दिँदै भनेको छ । हालसम्म नेपालमा लक्षित समूहका ८६ प्रतिशतले पहिलो मात्रा लगाएका छन्…

पुरा पढ्नुहाेस्

ललितपुरमा माघ २० देखि फाइजरको दोस्रो मात्रा खोप दिइने

माघ १८, काठमाडौँ । ललितपुरमा पहिलो मात्रा फाइजर खोप लगाएका १२ वर्षदेखि १७ वर्ष सम्मका बालबालिकालाई दोस्रो मात्रा खोप दिइने भएको छ । ललितपुर महानगरपालिकाले सूचना निकाल्दै उक्त उमेर समूहका बालबालिकालाई माघ २० गतेदेखि २५ गतेसम्म दोस्रो मात्रा खोप दिने जानकारी दिएको हो । खोप अभियान बिहान १० बजे देखि ४ बजेसम्म चल्ने जनाइएको छ । पुस २७ गते खोप लगाएकालाई माघ २० गते वडा नम्बर १ देखि ४ गतेसम्मका विद्यालयमा खोप लगाउने व्यवस्था गरिएको छ । त्यस्तै, पुस २८ गते खोप लगाएकालाई माघ २१ गते वडा नम्बर ५ देखि…

पुरा पढ्नुहाेस्

आजदेखि कोभिडविरुद्धको ‘बुस्टर डोज’ लगाइँदै

माघ २, काठमाडौँ । सरकारले आजदेखि कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा खटिएका अग्रपंक्तिका व्यक्तिलाई खोपको थप मात्रा (बुस्टर डोज) दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई बुस्टर डोज दिने निर्णय गरेको हो । स्वास्थ्य सेवा विभागकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतका अनुसार अग्रपंक्तिमा खटिनेलाई आजदेखि र ६० वर्षदेखि माथिका नागरिकहरुलाई १४ गतेदेखि बुस्टर डोज दिन लागिएको हो । स्वास्थ्य मन्त्रालयको २८ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार पहिले लगाएकै खोपको पूर्ण मात्रा लगाइसकेको ६ महिना पूरा भइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाइने छ…

पुरा पढ्नुहाेस्

कोभिडविरुद्धको बुस्टर डोज खोप भोलीदेखि दिइँने

माघ १, काठमाडौँ । सरकारले भोलिदेखि कोभिड-१९ विरुद्धको खोपको अतिरिक्त मात्रा ‘बुस्टर डोज’ खोप दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्र लेखेर भोलि माघ २ गतेदेखि अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायतलाई बुस्टर डोज दिने भएको हो । मन्त्रालयका अनुसार ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज दिइनेछ । पहिलो र दोस्रो मात्रा जुन खोप लगाएको हो, बुस्टर डोजमा पनि त्यही खोप दिइनेछ । पूर्ण खोप लगाएको ६ महिना भइसकेकालाई बुस्टर डोज दिन लागिएको हो ।

पुरा पढ्नुहाेस्

माघ पहिलो साताबाट कोभिडविरुद्धको तेस्रो मात्रा खोप दिइने

पुस २५, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अग्रपंक्तिमा काम गर्ने तथा ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको तेस्रो डोज खोप माघको पहिलो साताबाट दिने भएको छ । मन्त्रालयका अनुसार माघको पहिलो साताबाट अग्रपंक्तीमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा माघको दोस्रो हप्ताबाट रोग प्रतिरोधात्मक क्षमतामा कम भएका र ६० वर्षमाथिका सबैलाई थप एक डोज खोप लगाइने छ । कोभिड–१९ खोप सल्लाहकार समितिको सिफारिसमा मन्त्रालयले थप एक मात्रा खोप दिन लागेको हो । यसअघि, गम्भीर प्रकृतिका रोग भएका बिरामी र रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई अतिरिक्त मात्रा खोप…

पुरा पढ्नुहाेस्

६० वर्ष माथिका नागरिकलाई कोभिडविरुद्धको ‘बुष्टर डोज’ दिने निर्णय

पुस १४, काठमाडौं । सरकारले दीर्घरोगी र जेष्ठ नागरिकलाई कोरोनाविरुद्ध अतिरिक्त खोप दिने निर्णय गरेको छ । राष्ट्रिय खोप सल्लाहकार समितिको सुझाव अनुसार दीर्घ रोगी र ६० वर्ष माथिका नागरिकलाई कोभिडविरुद्ध अतिरिक्त खोप दिने निर्णय गरेको हो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले ६० वर्ष माथिका नागरिकलाई अतिरिक्त मात्रा खोप लगाउने निर्णय भएको जानकारी दिए । उनले भने, अब हामीले जेष्ठ नागरिकलाई अतिरिक्त खोप दिन्छौं । यो अभियान अघि बढ्छ ।’ सरकारले कोरोनाविरुद्ध खोप अभियानलाई तीव्रता दिएको छ । अहिले दैनिक ३ लाख बढिले कोरोनाविरुद्ध खोप लगाइरहेका छन्…

पुरा पढ्नुहाेस्