गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

वैशाख २१, कास्की । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन् । अपराह्न २ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले जानकारी दिए । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गत सोमबार प्रदेशसभा अधिवेशन आह्वान गरेका थिए। यही वैशाख १४ गते नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका थिए । साठी सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, नेकपा माओवादी केन्द्र सात र नेकपा एकीकृत समाजवादी एक गरी ३५ प्रदेशसभा सदस्यको समर्थनमा उहाँ गण्डकी प्रदेशको चौथौ मुख्यमन्त्री…

पुरा पढ्नुहाेस्

गण्डकीका मुख्यमन्त्री पाण्डेले बिहीबार विश्वासको मत लिने

बैशाख १७,काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने भएका छन् । आगामी बिहीबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने तयारी रहेको सरकारको प्रवक्ता सरस्वती अर्याल तिवारीले जानकारी दिइन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबारका लागि प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा उनले आइतबार संविधानको धारा १८३ को उपधारा १बमोजिम अधिवेशनको आह्रवान गरेका हुन् । वैशाख ९ मा एक दिनमात्र बसेपछि प्रदेशसभा अधिवेशन अन्त्य गरिएको थियो ।

पुरा पढ्नुहाेस्