गण्डकीमा जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लियो

बैशाख २७,काठमाडौँ । गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन राष्ट्रिय जनमोर्चाले फिर्ता लिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार पदबाट राजीनामा दिएपछि जनमोर्चाले उनको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । जनमोर्चाले प्रदेशसभा सचिवालयमा आइतबार समर्थन फिर्ता गरिएको पत्र दर्ता गराएको सचिवालयले जनाएको छ । यही वैशाख १२ गते बसेको जनमोर्चाको संसदीय दलको निर्णयानुसार विश्वासको मत फिर्ता लिइएको सचेतक पियारी थापाले बुझाएको पत्रमा उल्लेख छ । प्रदेशसभामा जनमोर्चाका तीन जना सांसद रहेका छन् ।

पुरा पढ्नुहाेस्