गण्डकी प्रदेशमा कोरोनाका गम्भीर अवस्थाका ४ संक्रमितलाई रेम्डिसिभिर औषधी चलाइयो

असोज ९, काठमाडौ । गण्डकी प्रदेशमा कोभिड–१९ को गम्भीर अवस्थाका ४ संक्रमितलाई रेम्डिसिभिर औषधी चलाइएको छ । विशेषगरी कोभिडका कारण अक्सिजन कम भएका संक्रमितलाई रेम्डिसिभिर प्रयोग गर्दा सुधारसमेत देखिएको चिकित्सकले बताएका छन् । एरेम्डिसिभिरको प्रयोगबारे नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले अध्ययन गरिरहेकाले सीमित संख्यामा यो मुख्य अस्पतालहरुमा मात्र उपलब्ध छ । गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा गम्भीर प्रकारका संक्रमितको उपचार हुँदै आएको छ । प्रतिष्ठानलाई स्वास्थ्य विभागमार्फत सरकारले १ सय वटा उपलब्ध गराएको छ भने प्रतिष्ठान आफैंले ३० वटा खरिद गरेको छ । ‘बंगलादेशबाट आएको रेम्डिसिभिर…

पुरा पढ्नुहाेस्