गण्डकी प्रदेश सभामा कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी

पौष १३,गण्डकी । नेपाली कांग्रेसको गण्डकी प्रदेश सभा संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी भएका छन् । केहीबरेअघि सकिएको मतगणनाअनुसार पाण्डेले १८ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी भोजराज अर्यालले आठ मत पाउँदा एक मत बदर भएको छ । संस्थापन पक्षबाट उम्मेदार बनेका पाण्डेको प्रस्तावकमा विन्दुकुमार थापा र समर्थकमा टकराज गुरुङ थिए । संस्थापन इतरबाट उम्मेदवार बनेका अर्यालको प्रस्तावकमा महेन्द्रध्वज जिसी र समर्थकमा पार्वती तामाङ रहेका थिए । गण्डकी प्रदेश सभामा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ नौ गरी २७ सिट जितेको थियो ।

पुरा पढ्नुहाेस्