गुटको राजनीतिका कारण पार्टी लथालिङ्ग भयो : डा. शेखर कोइराला

आश्विन २५,मोरङ। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले गुटको राजनीतिका कारण पार्टी लथालिङ्ग भएको बताएका छन् । सभापतिको हैकम र मनोमानीले पार्टीको विधान समेत धूजा-धूजा पारेर च्यात्ने काम भएको समेत बताए। ‘विधानको कुन धारा कति बेला निलम्बन गरिन्छ वा के थपिन्छ फेसबुक हेरेर थाहा पाउनुपर्ने अवस्था छ। जिल्ला पिच्छे फरक-फरक नियम बनाएर अधिवेशन गरिएको छ। नेतृत्वमा बसेकाहरू जसरी पनि पार्टी कब्जाको अभियानमा छन्,’ कोइरालाले भने। काँग्रेसको इतिहासमा आजसम्म प्रहरीको घेराबन्दीमा अधिवेशन भएको कसैलाई थाहा नभएको बताउँदै डा. कोइराला सभापतिकै जिल्लामा सुरक्षाकर्मी लगाएर अधिवेशन गरिनु खेदजनक भएको बताए। सुन्दरहरैंचा नगर मोरङको…

पुरा पढ्नुहाेस्