गृहमन्त्री खाँड भन्छन्-‘महाकालीमा तुइन विस्थापित गरी झोलुंगे पुल निर्माण सुरु भईसक्यो’

साउन १८, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले महाकाली नदीमा ४ वटा पुल, तुइन विस्थापित गरेर झोलुंगे पुल निर्माण थालनी सुरु भइसकेको बताएका छन् । सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै गृहमन्त्री खाँडले इन तर्ने क्रममा ३३ वर्षका जयसिंह धामी महाकाली नदीमा खसेको घटनाप्रति सरकार गम्भीर रहेको बताउदै महाकालीमा तुइन विस्तापित गरि झोलुंगे पुल निर्माण थालिएको जानकारी दिएका हुन । दार्चुला जिल्लामा व्यास गाउँपालिका २ को जयसिंह धामीको तुइन तर्ने बेलामा खोलामा बेपत्ता भएको विषयमा छानविन गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा टोली बनाएको छ, सो टोली आज धनगढी पुगिसकेको छ मन्त्री खाँडले भने…

पुरा पढ्नुहाेस्