‘गेटामा निर्माणाधिन मेडिकल कलेजलाई प्रतिष्ठानको रूपमा अगाडी बढाईनेछ’ : प्रधानमन्त्री देउवा

असार ४, काठमाण्डौ । प्रधानमन्त्री शेर बहादुर देउवाले गेटामा निर्माण भइरहेको मेडिकल कलेजलाई प्रतिष्ठानको रूपमा अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । धनगढी उपमहानगरपालिकाको प्रशासनिक भवन उद्घाटन समारोहमा बोल्दै उनले यस विषयमा तत्काल विधेयक ल्याएर काम अघि बढाउने जनाएका हुन् । ‘गेटा मेडिकल कलेज प्रतिष्ठान सम्बन्धी ऐन ल्याएर काम अघि बढ्छ ’उनले भने ‘यो विषय उठाइदिनु भएकोमा धन्यवाद । ’उद्घाटन समारोहमा धनगढीका मेयर गोपाल हमालले गेटालाई विश्व विद्यालय वा प्रतिष्ठानका रूपमा अगाडी बढाउनु पर्ने बताएका थिए ।  

पुरा पढ्नुहाेस्