गोरखामा मिनी ट्रक दुर्घटना, २ जनाको मृत्यु

पुस १६, काठमाडौँ । गोरखामा मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शुक्रबार आरुघाटबाट माछाखोलातर्फ जाँदै गरेको बा ५ ख ६५६६ नम्बरको ट्रक दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दुर्घटनामा ट्रकका चालक र सह–चालकको घटनास्थलमै मृत्यु भएको हो । उनीहरुको सनाखत भने हुन बाँकी रहेको प्रहरीले जनाएको छ । ट्रकमा सवार अन्य ४ जना घाइते भएका छन् । धार्चे गाउँपालिका वडा– ३ उहियाँका आशमान गुरुङ गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि आरुघाट प्राथमिक स्वास्थ्य केन्द्र आरुघाट ल्याएको छ…

पुरा पढ्नुहाेस्