चालु आर्थिक वर्षमा लक्ष्यको एक तिहाइ सडक मात्रै कालोपत्र हुने

असार ३,काठमाडौँ । चालु आर्थिक वर्षमा लक्ष्यको एक तिहाइ सडक मात्रै कालोपत्र हुने भएको छ । पूरक बजेट ढिला आउनु, कोभिड सङ्क्रमण नहट्नु र निर्माण व्यवसायीको ‘कन्सट्रक्शन होलिडे’ का कारण लक्ष्यभन्दा कम मात्रै सडक कालोपत्र हुने देखिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आवमा एक हजार आठ सय किमी सडक कालोपत्रको लक्ष्य लिएको थियो । गएको महिनासम्ममा झन्डै ६ सय किमी मात्रै कालोपत्र गरिसकिएको सडक विभागका महानिर्देशक अर्नुनजङ्ग थापाले बताए । आठ सय किमी सडक ग्राभेल गर्ने लक्ष्य लिइएकोमा अहिलेसम्म दुई सय ९५ किमी सम्पन्न भएको छ ।…

पुरा पढ्नुहाेस्