चीनको हेनान प्रान्तमा आएको ठूलो बाढीका कारण ज्यान गुमाउनेको संख्या २५ पुग्यो !

साउन ७, काठमाण्डौ । चीनको हेनान प्रान्तमा आएको ठूलो बाढीका कारण ज्यान गुमाउनेको संख्या २५ पुगेको छ । अझै सात जना बाढीमा हराइरहेका स्थानीय सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । चीनमा जुलाई १६ देखि अहिलेसम्म देशका ८९ क्षेत्र, जिल्ला र सहर बाढीबाट प्रभावित भएका विवरण सार्वजनिक गरिएको छ । चीनमा बढीका कारण १२ लाख ४० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् भने एक लाख ६४ हजार ७१० जना विस्थापित भएका छन् । प्राकृतिक प्रकोपले ७५ हजार हेक्टर क्षेत्रफलमा लगाइएको खेती नष्ट गरेको पनि सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

पुरा पढ्नुहाेस्