चोरी मुद्दाका फरार प्रतिवादी १८ वर्षपछि पक्राउ

जेठ ६, दाङ । प्रहरीले चोरी मुद्दाका फरार प्रतिवादीलाई १८ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ गढवा गाउँपालिका वडा नं. २ महदेवा निवासी ५२ वर्षीय भागीराम चौधरी रहेका छन् । चौधरीलाई चोरी मुद्दामा जिल्ला अदालत दाङको २०६० फागुन २ गतेको फैसलाले ४ वर्ष ११ महिना २ दिन कैद सजाय तोकेको थियो । त्यही मुद्दामा चौधरीलाई पुनरावेदन अदालत तुलसीपुरले २०६२ असार १९ गते ४९ हजार पाँचसय रुपैयाँ जरिबाना तोकेको थियो । त्यसैगरी त्यही मुद्दामा उनलाई पुनरावेदन अदालत तुलसीपुरले नै २०६२ कात्तिक ८ गते ७६ हजार पचास रुपैयाँ जरिबाना तोकेको…

पुरा पढ्नुहाेस्