भारतबाट फर्किएको भोलिपल्टै श्रीमतीको हत्या, छोराछोरी घाइते

असोज ६, कैलाली । कैलालीमा एकजनाले श्रीमतीको हत्या गरेका छन् । गौरीगंगा नगरपालिका ५ का करिब ३५ वर्षीय शेरबहादुर नाम्जाली मगरले पत्नी ललिताको हत्या गरेका हुन् । शेरबहादुरले कुटपिट गरी ललिताको हत्या गरेको कैलाली प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । बुबाको कुटपिटबाट छोराछोरीसमेत घाइते भएका छन् । १७ वर्षीया छोरी लक्ष्मीको टाउकोमा चोट लागेको छ भने १२ वर्षीय छोरा विजय पनि घाइते भएका छन् । बिहीबार बिहान महिलाको शव भेटिएपछि अनुसन्धान गर्दा श्रीमानबाटै हत्या भएको खुलेको प्रहरीको भनाइ छ । मृतकको शरीरमा धारिलो हतियार प्रहार भएको पाइएको छ…

पुरा पढ्नुहाेस्

मोटरसाइकल दुर्घटना: आमाको मृत्यु, छोराछोरी घाइते

चैत्र २७,दाङ । दाङको घोराहीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मोटरसाइकल दुर्घटनामा परि १९ वर्षीय रोहन हमाल र १६ वर्षीया सविना हमाल घाइते भएका हुन् । उनीहरुको घोराहीमा उपचार भइरहेको छ । रोहन र सविना दाजु बहिनी हुन् । मृतक उनीहरुकी आमा रहेको प्रहरीले जनाएको छ । घोराहीको कटुकीबाट नारायणपुर बजार आउँदै गरेको रा १ ८३८६ नम्बरको मोटरसाइकल घोराही उपमहागनरपालिका(८ वनगाउँमा दुर्घटनामा परेको थियो ।  

पुरा पढ्नुहाेस्