जनकपुरधाममा एकै समारोहमा २६ जोडीको विवाह सम्पन्न

मंसिर १४,जनकपुर । जनकपुरधाममा एकै समारोहमा २६ जोडीको विवाह सम्पन्न भएको छ । जनकपुरधामलाई वैवाहिक गन्तव्यका रुपमा विकास र प्रचारप्रसार गर्न हिजो विवाह पञ्चमीको अवसरमा विश्व हिन्दू परिषद् नेपालले प्रत्येक वर्ष आयोजना गर्ने सामूहिक विवाह समारोहमा यस वर्ष पनि २६ युवायुवतीको जोडीको विवाह एउटै समारोह र मण्डपमा भएका छन् । विवाह पञ्चमीमा भगवान श्री सीतारामको विवाह भएकै मण्डपमा उनीहरुको विवाह हुने गरेको छ । विगत चार वर्षदेखि भइरहेको सामूहिक विवाहको उद्देश्य जनकपुरधामलाई विश्वकै उत्कृष्ट वैवाहिक गन्तव्यको रुपमा पर्यटनको विकास गर्नु र दहेज ९दाइजो० उन्मूलनको सन्देश प्रवाह गर्नु रहेको आयोजकको भनाइ…

पुरा पढ्नुहाेस्