जापानले ‘कोभिड १९’ लाई मौसमी इन्फ्लुएन्जाको श्रेणीमा झार्ने

माघ ९, काठमाण्डौँ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले देशले कोभिड–१९ लाई मौसमी इन्फ्लुएन्जाको श्रेणीमा झार्ने विचार गरिएको जानकारी दिएको सीएनएन समाचार समितिले जनाएको छ । किशिदाले यस कदमको नतिजा हेर्न आफ्नो प्रशासन र स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको बताएका छन्। जापानमा अझै पनि प्रति दिन एक लाख कोरोनाभाइरस सङ्क्रमणहरु देखा पर्ने गरेको सीएनएनले जनाएको छ । जापानमा हाल कोभिडलाई दोस्रो श्रेणी दिइएको छ । यस श्रेणी क्षयरोग र एभियन इन्फ्लुएन्जा बराबर छ । यसबाहेक, अधिकारीहरूले यसलाई मौसमी इन्फ्लुएन्जाको बराबरीमा पाँचौं स्थानमा राख्ने योजना बनाएका सीएनएनले जापानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै जानकारी…

पुरा पढ्नुहाेस्