मंसिर ६, काठमाण्डौ । सोमबार इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा आएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १६२ पुगेको छ । स्थानीय सञ्चारमाध्यममा १६२ जनाको मृत्यु र ७०० भन्दा बढी घाइते भएको पश्चिमी जाभाका गभर्नर रिद्वान कामिलले पुष्टि गरेका छन् । स्थानीय अधिकारीहरुले सघन जनसंख्या भएको क्षेत्रमा भूकम्प गएकोले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन् । युएसजीएसका अनुसार रिक्टर स्केलमा यस भूकम्पको तीव्रता ५ दशमलव ६ मापन गरिएको छ । समाचारमा भुकम्पको केन्द्रबिन्दु राजधानी जकार्ताबाट १०० किलोमिटर टाढा रहेको सियानजुर रहेको जनाइएको छ । ठूलो संख्यामा मानिसहरु अस्पतालमा भर्ना भएका छन्…
पुरा पढ्नुहाेस्