जिसस दार्चुलामा गठबन्धनको प्यानलै विजयी

जेठ ३०, काठमाण्डौ । जिल्ला समन्वय समिति दार्चुलाको प्रमुखसहित सबै पदमा सत्तागठबन्धनको प्यानलै विजयी भएको छ। जिसस दार्चुलाको नयाँ नेतृत्वका लागि सोमबार भएको निर्वाचनमा गठबन्धनको प्यानलै विजयी भएको हो। समन्वय प्रमुख पदमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका पार्टी उपसभापतिसमेत रहेका महादेव बडु ९कश्यप० र उपप्रमुखमा गठबन्धनकै तर्फबाट माओवादी केन्द्रका अमरसिंह ठगुन्ना विजयी भएका हुन्। नेकपा एमालेका उम्मेदवार पुरनसिंह बुढाथोकीलाई दुई मतान्तरले पछि पार्दै बडु विजयी भएका हुन्। उपप्रमुखमा नेकपा एमालेका नारुन्ती तोलीगाई महतालाई दुई मतान्तरले नै पराजित गर्दै ठगुन्ना विजयी भएका हुन्।

पुरा पढ्नुहाेस्