जेठ ५ गतेदेखि १५ गतेसम्म मेलम्ची सुरुङ बन्द हुने

जेठ १,काठमाडौँ । यही जेठ ५ गतेदेखि १५ गतेसम्म १० दिन मेलम्ची खानेपानी आयोजनाले मेलम्ची सुरुङबाट पानी पथान्तरण बन्द हुने भएको छ । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जानकारी यही जेठ ५ गतेदेखि १५ गतेसम्म १० दिन मेलम्ची सुरुङबाट हुने पानी पथान्तरण बन्द हुने जानकारी दिएको हो । काठमाडौँ उपत्यका खानेपानीका प्रवक्ता प्रकाशकुमार राईले मेलम्ची खानेपानी विकास समितिले आयोजनाको अम्बाथान स्थिति हेडवक्समा गेट नम्बर १ र ९ तथा अडिट सुरुङमा मेकानिकल पार्टको जडान लगायत संरचनाहरुको निर्माण तथा सुधार कार्य गर्न लागेकाले सुरुङ बन्द गर्न लागेको बताए…

पुरा पढ्नुहाेस्