नेपालमा सुशासनको अवस्था गत बर्षको जस्तै

माघ ११, काठमाडौं । नेपालमा सुशासनको अवस्था गत बर्षको जस्तै देखिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) ले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क ९सीपीआई० रिपोर्टअनुसार नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा परेको छ । रिपोर्टअनुसार १८० देशमध्ये नेपाल भ्रष्टाचार हुने देशको ११७ औं स्थानमा रहेको छ । अघिल्लो र यस वर्ष नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको रुपमा लिन सकिने ट्रान्सपरेन्सीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । टीआईको रिर्पोटअनुसार ‘विगत १ वर्ष (सन् २०२०/२१) मा विश्व बैङ्क, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वल्र्ड जस्टिस प्रोजेक्ट,…

पुरा पढ्नुहाेस्

ट्रान्सपरेन्सी इन्टरनेशनल भन्छ-‘नेपालमा भ्रष्टाचार अझ बढ्यो’ [प्रमुख कारणसहित]

माघ १५, काठमाण्डौ । ट्रान्सपरेन्सी इन्टरनेशनलले बिहीबार संसारभरि सार्वजनिक गरेको रिपोर्टमा नेपालमा भ्रष्टाचार अझ बढेको उल्लेख गरेको छ । भ्रष्टाचारका कारण कोरोना भाइरसको महामारी रोकथामका प्रयास कमजोर बनेको र लोकतन्त्रलाई समेत पछाडि धकेलेको रिपोर्टमा उल्लेख गरिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले एक सय ८० देशका सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञको अवधारणा लिएको थियो । यसका आधारमा तयार पारिएको सूचीमा नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीको १ सय १७ औँ स्थानमा छ । गएको वर्ष यस सूचीमा नेपाल ११३ औँ स्थानमा थियो । नेपालमा गरिएको सर्वेक्षणले सरकारको भ्रष्टाचार विरोधी प्रयास पर्याप्त नहुनु, सार्वजनिक क्षेत्रमा…

पुरा पढ्नुहाेस्

‘सरकारले भ्रष्टाचार गरेको छैन,ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्ट मान्दैनौँ’ : सरकार

मंसिर १४, काठमाण्डौ । सरकारले भ्रष्टाचारको विषयमा ट्रान्सपरेन्सी इन्टरनेशनलले हालै सार्वजनिक गरेको रिपोर्टलाई अस्वीकार गर्ने जनाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ट्रान्सपरेन्सीको प्रतिवेदन तथ्यमा आधारित नभएर पूर्वाग्रहका आधारमा आएको र यसमा राजनीतिक गन्ध रहेको दावी गरे । ‘सरकारलाई बद्नाम गर्ने प्रयास स्वरुप आएको प्रतिवेदनलाई सरकारले अस्वीकार गर्दछ’ गुरुङले भने । ट्रान्सपरेन्सीमा आवद्ध व्यक्तिको दलीय संलग्नताले गर्दा पनि यसका प्रतिवेदनलाई विश्वास गर्न नसकिएको सरकारले जनाएको छ । ३ करोड जनसंख्या रहेको नेपालमा १ हजार व्यक्तिसँग फोन गरेर बनाएको मनोगत रिपोर्टले देशको छविलाई धमिल्याउने गरेर प्रचार भइरहेकोमा सरकारको आपत्ती…

पुरा पढ्नुहाेस्