तनहुँमा माइक्रो बस दुर्घटना, १४ यात्रु घाइते

साउन २६,तनहुँ । पृथ्वीराज मार्गमा पर्ने तनहुँको म्यादे गाउँपालिका–३ धयरे मा बिहीबार बिहान ९ बजेर २० मिनेटमा माइक्रो बस दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । दमौलीबाट पोखरा जाँदै गरेको बा ४ ख ९९९९ नम्बरको माइक्रो बस आफैँ अनियन्त्रित भई सम्धी खोला पुलको रेलिङमा ठक्कर खाएपछि १५ फिट तल खसेर दुर्घटना हुँदा उक्त सङ्ख्यामा घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा माइक्रो बसमा सवार चालकसहित सात जना पुरुष र सात जना महिला गरी जम्मा १४ जना यात्रुहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक (डिएसपी) युवराज खड्काले…

पुरा पढ्नुहाेस्