कविताः उसले भेट्यो टुकुचा

कविताः उसले भेट्यो टुकुचा एकादेशमा एउटा खोला हरायो अनि हामीलाई घोकाइयो, खै खोलो ? स्याप्पै सुक्यो तर, तर एकदिन एक जोगी आएर भने, म चमत्कार गर्छु, खोलो खोज्छु कस्ले पत्याउने ? खरानी धस्ने बेप्रवाही जोगीको गफ सबैको ओठ लेप्रिए उनै जोगी ध्यानमा बसे दुर दृष्टि लगाए अलिक पर सम्म हेरे आँकलन गरे सबैको मनमस्तिष्क पढे अनि निस्किए खोलोको खोजीमा । तल तल कतै खोलो सुसाइरहेछ आफ्नो उपस्थिति जनाउँन खोज्छ, आफनै मुख थुन्छ बेला बेलामा ताकि कसैले सुनोस् उसको पिडा तर मानिस वर्षालाई गाली गर्छन् कुकुर मु.. कति आउँन सक्छ भन्छन्,…

पुरा पढ्नुहाेस्