गुडिरहेको जिपमाथि ढुङ्गा खस्यो, तीन जनाको मृत्यु

माघ ९, काठमाडौं । ओखलढुङ्गामा गुडिरहेको बोलेरो जिपलाई माथिबाट झरेको ढुङ्गाले किच्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट लडाएको ढुङ्गाले किच्दा को १ ज ३५६९ नंबरको बोलेरोमा सवार ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १ का ७ वर्षीय युनिषा कोइराला, सोही ठाउँका १० वर्षीय इशव कोइराला र मानेभञ्ज्याङ गाउँपालिका १ मोलीका ३० वर्षीय हेमबहादुर मगर रहेको प्रहरी निरीक्षक लंक श्रेष्ठले जानकारी दिए । उनका अनुसार जिपमा सवार देवबहादुर श्रेष्ठ, सञ्जीव श्रेष्ठ, लक्ष्मी कोइराला घाइते भएका छन् । घाइतेको अहिले…

पुरा पढ्नुहाेस्

भारतको दिल्लीमा गोली चल्यो, तीन जनाको मृत्यु

असोज ८, काठमाडौँ । दिल्लीको रोहिणी अदालत अगाडि गोली चलेको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार उक्त घटनामा परी तीन जनाको मृत्यु भएको छ । शुक्रबार हतियारधारीले चलाएको गोली लागेर ग्याङस्टर जितेन्द्रमान गोगीको मृत्यु भएको र प्रहरीको जवाफी कारबाहीमा दुई आक्रमणकारी पनि मारिएको समाचारमा जनाइएको छ । आक्रमणकारीले वकिलको पोशाक लगाएका थिए । आक्रमणमा एक महिला वकिलसहित तीन जना घाइते भएका छन् ।

पुरा पढ्नुहाेस्

नेपालमा थप ७३ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु !

फागुण १७, काठमाण्डौ । नेपालमा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ७३ जनामा कोरोना पुष्टि भएको हो । योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार २१६ पुगेको छ । यो मध्ये ९६८ सकृय संक्रमित रहेका छन् । पछिल्लो २४ घन्टामा ६४ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ४७१ पुगेको छ । त्यस्तै कोरोना भाइरसको संक्रमणबाट तीन जनाले ज्यान गुमाएका छन् । योसँगै अहिलेसम्म कोरोना संक्रमणबाट…

पुरा पढ्नुहाेस्