तीन स्रष्टालाई पुरस्कार

फागुन १४, काठमाण्डौँ । इन्द्रमोहन स्मृति–गुठी, धनकुटाले विभिन्न विधाका तीन स्रष्टालाई पुरस्कार प्रदान गरेको छ । गुठीद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तिलविक्रम नेम्वाङ बैरागी काइलाले गायक दीपक खरेल, साहित्यकार डा राजेन्द्रप्रसाद अधिकारी र पत्रकार मोहन भण्डारीलाई पुरस्कार प्रदान गरेका छन् । गायक खरेललाई श्रीओम इन्द्रमोहन स्मृति गीत सङ्गीत पुरस्कार, साहित्यकार अधिकारीलाई डा विमला श्रेष्ठ साहित्य पुरस्कार र पत्रकार भण्डारीलाई श्रीओम इन्द्रमोहन पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । उनीहरूलाई जनही २१ हजार रुपियाँ र सम्मानपत्रसहित पुरस्कृत गरिएको छ । त्यसैगरी सो अवसरमा उक्त गुठीका अध्यक्ष विवश पोखरेलको…

पुरा पढ्नुहाेस्