दार्चुलामा जीप दुर्घटना: ५ जनाको मृत्यु, ४ जना घाइते

भाद्र १,दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ, चार जना घाइते भएका छन् । जिल्लाको गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ को उल्लानीमा दुर्घटनामा परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख डीएसपी जितेन्द्रकुमार पालले जानकारी दिए । जीपमा सवार चार पुरुष र एक महिला गरी पाँच जनाको घटनास्थलमै मृत्यु भएको उनले बताए । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका चार जनाको उद्दार गरेर उपचारका लागि गोकुलेश्वर पठाइएको छ भने अन्य घाइतेको उद्दार भइरहेको छ । जीप सडकबाट करीब पाँच सय मिटर…

पुरा पढ्नुहाेस्

दार्चुलामा जीप दुर्घटना, ६ जनाको मृत्यु भएको पुष्टि

फागुन १७,काठमाडौँ । दार्चुलामा जीप दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । दार्चुला सदरमुकाम खलंगा बजारबाट दुहुँ गाउँपालिकाको हिकिला तर्फ जाँदै गरेको म १ ज २८० नम्बरको जीप राताकाठा भन्ने स्थानमा शुक्रबार राति करिब ८ बजेतिर दुर्घटना भएको हो । दुर्घटनास्थलमा ३ पुरुष, २ महिला र एक जना बच्चाको शव फेला पारिएको सशस्त्र प्रहरीका डिएसपी भिम चन्दले जानकारी दिए । उनले भने, ‘दुर्घटनास्थल एकदमै भिरालो छ, अँध्यारोमा पनि छ । अहिलेसम्म ६ जनाको शव माथि ल्याएका छौं, अरुको खोजी जारी छ ।’ उनले मृतकको संख्या बढ्न सक्ने बताए…

पुरा पढ्नुहाेस्