दार्चुलामा बाढीपहिरो : ५ जनाको ज्यान गयो, ३ जना बेपत्ता

भाद्र २५,काठमाडौँ । दार्चुलामा बाढी र पहिरोमा परि पाँच जनाको ज्यान गएको छ, तीन जना बेपत्ता भएक छन् । नौगाड गाउँपालिका र महाकाली नगरपालिकामा आएको बाढीमा परि पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी सहायक निरीक्षक लोकेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । नौगाड गाउँपालिकाका जानकी ठगुन्ना, धनुली ठगुन्ना, मोहनराम पार्की, महाकाली नगरपालिका वडा नम्बर १ की मानमती कार्की र महाकाली नगरपालिका वडा नम्बर २ का नन्दराम बोहोराको ज्यान गएको हो । नन्दरामको बाढीमा परि ज्यान गएको हो भने बाँकी चार जनाको पहिरोका कारण ज्यान गएको चन्दले जानकारी दिनुभयो ।…

पुरा पढ्नुहाेस्