दुहवीको शान हाम्रो मान: फरवार्ड सुपरमार्केट सञ्चालन

पुस १७,काठमाडौँ । ‘दुहवीको शान हाम्रो मान ’ भन्दै ग्रामिण अर्थतन्त्रलाई टेवा पुर्याउने उद्देश्यसहित सुनसरीको दुहवीमा फरवार्ड सुपरमार्केट सञ्चालनमा आएको छ । फरवार्ड सुपरमार्केट दुहवीकै पहिलो आधुनिक सुपरमार्केट हो । फरवार्ड इन्टरप्राइजेजद्वारा सञ्चालित फरवार्ड सुपरमार्केटको कम्पनीकी अध्यक्षसमेत रहेकी पूर्वराज्यमन्त्री भगवती चौधरीले शुभारम्भ गर्दै दुहवी क्षेत्रको आर्थिक, सामाजिक विकास र ग्रामिण उत्पादनलाई व्यवसायीकरण गर्ने उद्देश्यले फरवार्ड सुपरमार्केट शुरु गरिएको बताइन् । ‘स्थानीय जनताद्वारा उत्पादित वस्तुहरुलाई बजारीकरण गर्ने तथा उनीहरुलाई आवश्यक दैनिक उपभोग्य वस्तुहरु सर्वसुलभ मुल्यमा प्रदान गर्नु हाम्रो मुख्य लक्ष्य हो ।’ अध्यक्ष चौधरीले भनिन् । सुनसरीको क्षेत्र नं ३ का…

पुरा पढ्नुहाेस्