धादिङ, नुवाकोट,काठमाडौंसहित देशभर बर्षा, मौसममा कहिले आउँछ सुधार ?

काठमाडौँ । अहिले देशका धेरै ठाउँमा मौसम बदली भएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण पछिल्लो एक हप्तादेखि नै देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । विहीबार पनि विहानैदेखि काठमाडौंमा हल्का पानी परिरहेको छ । तर आजदेखि मौसममा केही सुधार आउने मौसमविद्ले बताएका छन् । पश्चिमी न्यून चापीय प्रणाली कमजोर बन्दै गएकाले पानी पर्ने क्रम पनि बिस्तारै कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शाखाका अनुसार हिजोको भन्दा आज र आजभन्दा भोलि क्रमिक रुपमा मौसममा सुधार आउने सम्भावना छ । तर, मौसम पूरै सफा हुन…

पुरा पढ्नुहाेस्

धादिङ, नुवाकोट, रसुवा, काठमाण्डौँ लगायत देशभर अविरल बर्षा, किसानमा राहातको महसुस

वैशाख १७, काठमाडौँ । आज देशभर बर्षा भईरहेको छ । धादिङ, नुवाकोट, रसुवा, काठमाण्डौँ लगायतका क्षेत्रमा बर्षा भईरहेको छ । पश्चिमी न्यून चापियका कारण देशभर केही स्थान वाहेक सवैतिर हल्का देखी मध्यम बर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बर्षा भईरहेको छ । काठमाडौं उपत्यकामा पनि आज बिहानैदेखी पानी परिरहेको छ । मौसमविद्का अनुसार पश्चिमी क्षेत्रमा बदली रही बर्षा भइरहेको छ ।

पुरा पढ्नुहाेस्

काठमाडौं, धादिङ, नुवाकोटसहित पहाडी भेगमा हल्का वर्षा, दिनभर मौसम कस्तो रहला ?

फागुन २४, काठमाण्डौँ । काठमाडौं, धादिङ, नुवाकोटसहित पहाडी भेगमा आज दिनभर बादल लागेर धुम्म हुने मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा अहिले बिहान पानी परिरहेको छ । तर दिनभर झरी भने नपर्ने महाशाखाको अनुमान छ । वरिष्ठ मौसमविद बरुण पौडेलका अनुसार आज काठमाडौं, पाल्पा, कास्की लगायतका जिल्लाहरुमा हल्का वर्षा भइरहेको छ । कर्णाली प्रदेशको डोल्पा लगायतका उच्च हिमाली क्षेत्रमा हिमपात पनि भइरहेको छ । अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव छ । साथै अरेबियन सागरबाट आएको जलवाष्पयुक्त वायु र स्थानीयस्तरमा विकसित भएको प्रणालीले पनि मौसममा…

पुरा पढ्नुहाेस्

धादिङ,सप्तरीसहित सुनसरीमा करेन्ट लागेर तीनजनाको मृत्यु

जेठ २३, काठमाण्डौ । सप्तरी, धादिङ र सुनसरीमा करेन्ट लागेर तीनजनाको मृत्यु भएको छ । सप्तरी, शम्भुनाथ नगरपालिका–६ कठौना बस्ने ३५ वर्षीया नासिरा खातुनको करेन्ट लागेर आइतबार मृत्यु भएको हो । पंखा चलाउन मल्टिपल्ग जोड्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको स्थानीय मेडिकल कठौनामा उपचारको क्रममा मृत्यु भएको हो । धादिङ, बेनिघाट रोराङ गाउँपालिका–२ छापडाँडा बस्ने १९ वर्षीय ठाकुर मगरको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । उक्त ठाउँस्थित भित्री सडकको निर्माणको लागि मलेखुबाट ताल्तितर्फ बालुवा लिएर जाँदै गरेको बा।प्र।०३–००१ ख२११३ नम्बरको टिपरको बालुवा झार्न ढाला खोल्ने क्रममा…

पुरा पढ्नुहाेस्

धादिङका २९ वडाको नतिजा: कसले कति वडा जिते ?

जेठ २, काठमाडौं । धादिङका २९ वडाको नतिजा सार्वजनिक भएको छ । हालसम्म सार्वजनिक नतिजाअनुसार माओवादीले सबैभन्दा धेरै वडा जितेको छ । माओवादीले विभिन्न पालिकाका ९ वडामा जितेको हो । दोस्रोमा नेपाली कांग्रेस छ । कांग्रेसले ८ वडा जितेको छ भने एमालेले पाँच वडा जितेको छ । नेकपा एकीकृत समाजवादी र राप्रपाले समान तीनरतीन वडा जितेका छन् । एक वडा भने जसपाले जितेको छ । माओवादी केन्द्रबाट विजयी वडाध्यक्षहरू १ नीलकण्ठ १: गणेश गुरुङ २ निलकण्ठ २: ध्वजबहादुर गुरुङ ३ बेनीघाट रोराङ २: हेम भुजेल ४ बेनिघाट ४: राजु बहादुर…

पुरा पढ्नुहाेस्

‘ओलीको सर्वसत्तावाद बिरुद्ध उभिन बाध्य भयौँ ‘ : मुख्यमन्त्री पाण्डे

चैत्र ५,धादिङ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले केपी ओलीले पार्टीलाई व्यक्तिगत कोटरी बनाए आफ्ना मान्छे भर्ती केन्द्र बनाएको टिप्पणी गरेका छन् । धादिङको धुनिवेसी नगर कमिटिको प्रथम अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले ओलीको सर्वसत्तावाद बिरुद्ध उभिन बाध्य हुनु परेको स्पष्ट पारे । ‘ओलीको गोजीमा पार्टी केन्द्रिय कमिटी रह्यो’, नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष समेत रहेका पाण्डेले भने– ‘हामी अब सुधृढ र जनताको मर्म बुझ्ने अनुशासित पार्टी बनाउछौं, हामी युवाहरुलाई प्राथमिकता दिने पार्टी बनाउने छौँ ।’ खसी काटेर गाउँगाउँमा भोज लाउदै मान्छे फकाएर कम्युनिस्ट पार्टी अघि नबढ्ने उनले तर्क गरे…

पुरा पढ्नुहाेस्

काठमाडौ,धादिङ, नुवाकोटसहित देशभर भारी वर्षा, सतर्कता अपनाउन आग्रह !

असार १७, काठमाण्डौ । बिहानैदेखि काठमाडौं, धादिङ, नुवाकोट, रसुवा लगायत देशभर सामान्यदेखि भारी वर्षा भइरहेको छ । मनसुनी वायु सक्रिय रहेको र अहिले देशका अधिकांश भूभागमा वर्षा भइरहेको मौसम विभागले जनाएको छ । हिजो सक्रिय भएको मनसुन केहि दिन जारी रहने मौसमबिद्ले बताएका छन् ।

पुरा पढ्नुहाेस्

धादिङ,काठमाडौसहितका जिल्लामा बिहानै भूकम्पको धक्का महसुस !

जेठ ५, काठमाडौ । धादिङ,काठमाडौसहित आसपासका जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । २०७२ को गोरखा भूकम्पपछि यसका परकम्प जाने क्रम अझै जारी छ । पछिल्लो पटक वैशाख १५ गते कलंकी केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको परकम्प गएको थियो । आज बिहान गएको भूकम्पको बिस्तृत विवरण भने आउन बाँकी रहेको छ ।

पुरा पढ्नुहाेस्

धादिङ,नुवाकोटगरी थप सातसहित ४५ जिल्लामा निषेधाज्ञा लागू !

बैशाख २१, काठमाण्डौ । आजदेखि थप सात वटा जिल्लामा निषेधाज्ञा सुरु भएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि आजदेखि धादिङ,नुवाकोट,रसुवा, कपिलवस्तु, धनुषा, दैलेख, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा सुरु भएको गृह मन्त्रालयले जनाएको छ । यी जिल्लाहरुमा अत्यावश्यक बाहेकका सेवा र आवतजावत बन्द गरिएको छ । अहिलेसम्म ४५ वटा जिल्लामा निषेधाज्ञा घोषणा भइसकेको छ । निषेधाज्ञा घोषणा भएका जिल्लामध्ये दार्चुला, मोरङ, काभ्रे, मकवानपुर, कालीकोट, स्याङ्जा, रामेछाप र ताप्लेजुङमा सङ्क्रमण बढी भएका जिल्लामा मात्रै निषेधाज्ञा लगाइएको छ भने झापा र सुनसरीमा गाडीमा जोरबिजोर प्रणाली लागू भएको छ । बाजुरा…

पुरा पढ्नुहाेस्

धादिङ, रसुवा, नुवाकोटसहित देशभर ओली पक्षको युवा संघले शक्ति प्रदर्शन गर्दै

पुस २५, काठमाण्डौ । केपी ओली पक्षको राष्ट्रिय युवा संघले आज शनिबार काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ। संघको बागमती प्रदेश कमिटीले काठमाडौंका विभिन्न स्थानबाट र्‍याली गर्दै मध्यान्ह १२ बजे प्रज्ञा भवनमा भेला गर्न लागेको हो। भेलालाई प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्दैछन् । बिहान ११ बजे सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर र काठमाडौं निर्वाचन क्षेत्र १ देखि ४ सम्मका कार्यकर्ता नयाँ बानेश्वरमा भेला भई र्‍याली गर्नेछन् भने मकवानपुर, चितवन, धादिङ र काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ देखि १० सम्मका कार्यकर्ताहरुको र्‍याली बिहान साढे ११ बजे सुन्धाराबाट सुरु हुनेछ ।…

पुरा पढ्नुहाेस्