धार्केमा मलको गाडी रोकेर किसानहरुले गरे मल कब्जा (भिडियोसहित)

असार ४,धादिङ । जिल्लाको धुनिवेशी नगरपालिकामा किसानहरुले मल कब्जा गरेका छन् । काठमाडौँ भित्रिदै गरेको डिएपी, युरिया मलको ट्रक कब्जा गरेर मल लगेका हुन् । करिब ५ सय बोरा मल किसानले कब्जा गरेर लगिएको बताइएको छ । अहिले देशभर मल अभाव भइरहेको छ । धान रोप्ने समयमा पनि मल नपाएको भन्दै किसान आक्रोशित भइरहेका बेला आज धार्केमा किसानहरुले मल कब्जा गरेका हुन् । राजस्व छलेर ल्याएको मल किसानले कब्जा गरेको भनिएपनि यसबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । भिडियो सौजन्य: दामोदर रेग्मी  

पुरा पढ्नुहाेस्