नक्कली भुटानी शरणार्थी प्रकरण : केशव तुलाधार पक्राउ

असार २८, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा केशव तुलाधर प्रक्राउ परेका छन् । यसअघि फरार रहेका उनी आज पक्राउ परेका हुन् । ५९ वर्षीय तुलाधर पक्राउ परेसँगै पक्राउ पर्नेको संख्या २० पुगेको छ । १० जना अझै फरार छन् ।

पुरा पढ्नुहाेस्

नक्कली भुटानी शरणार्थी : प्रतिवादीको तर्फबाट बहस सकियो, अब जवाफी बहस हुने

जेठ ३२, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीतर्फको बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा १८ जना प्रतिवादीतर्फबाट बहस भएको हो । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको अभियोग लागेका १८ जना प्रतिवादीतर्फको बहस बिहीबार सकिएको हो । योसँग अब जवाफी बहस हुनेछ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँका प्रमुख अच्यूतमणि न्यौपानेसहितका चारजना अधिवक्ताले जवाफी बहस गर्नेछन् । जवाफी बहस शुक्रबार हुनेछ ।

पुरा पढ्नुहाेस्

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुरका तर्फबाट आज वहश हुने

जेठ २६, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पूर्वउपप्रधानमन्त्री एवं सांसद टोपबहादुर रायमाझीको तर्फबाट बहस हुने भएको छ । काठमाडौं जिल्ला अदालतमा भइरहेको थुनछेक बहसमा आज सांसद रायमाझीको तर्फबाट बहस हुन लागेको हो । आइतबारबाट सुरु भएको थुनछेक बहसमा मंगलबारसम्म आठ सरकारी वकिलले बहस गरेका थिए। उनीहरूले प्रत्येक प्रतिवादीलाई पूर्पक्षका लागि थुनामा राख्नु पर्ने माग गर्दै बहस गरेका छन् । उनीहरूको बहस सकिएसँगै बुधवारबाट अभियुक्तहरूको बहस सुरु भएको हो। अभियुक्तहरूको तर्फबाट आज थुनछेक बहसको तेस्रो दिन हो । हालसम्म ६ अभियुक्तको तर्फबाट बहस सकिएको छ। थुनछेक बहस सकिएपछि न्यायाधीश…

पुरा पढ्नुहाेस्

नक्कली भुटानी शरणार्थी प्रकरण : आजबाट अभियुक्तका पक्षबाट बहस सुरु हुने

जेठ २४, काठमाडौँ । आजवाट नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पक्षबाट बहस सुरु हुनेछ । हिजो मंगलबार सरकारी वकिलको बहस सकिएपछि बुधबारवाट अभियुक्त पक्षका वकिलहरूले बहस सुरु गर्दैछन् । सो बहसका लागि पुर्ब महान्याधिबक्तादेखि नेपाल बार एशोसियनका बहालवाला अध्यक्ष र पूर्वअध्यक्षहरूले बहस गर्नका लागि नाम टिपाएका छन् । यसअघि नै निर्धारण भएको बहसको सयम अनुसार सरकारी वकिलले तीन दिनको बहस सकिएपछि अभियुक्त पक्षका वकिलहरुले आजबाट बहस सुरु गर्न लागेको हुन् । अभियुक्त पक्षका वकिलका लागि भने बहसका लागि ६ दिनको समय दिइनेछ । जिल्ला अदालत काठमाडौंमा जारी थुनछेक बहस सकिएपछि…

पुरा पढ्नुहाेस्

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री खाँणको बयान आज हुने

जेठ १८, काठमाण्डौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये अब ३ जनाले मात्रै बयान दिन बाँकी रहेको छ । पूर्व गृहमन्त्री बालकृष्ण खाँण, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र बिहीवार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका हरिभक्त महर्जनको बयान लिन बाँकी छ । पूर्व गृहमन्त्री खाँणसहित बाँकीको बयान शुक्रवार लिइँदैछ ।

पुरा पढ्नुहाेस्

नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ पर्नेको संख्या १७ पुग्यो

जेठ १३, काठमाण्डौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ । प्रहरीले शुक्रवार थप १ जनालाई पक्राउ परेपछि संख्या १७ पुगेको हो । पक्राउ पर्नेमा प्रहरीको फरार सूचीमा रहेकी लक्ष्मी महर्जन रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार महर्जनको खातामा ठगी गरेको रकम जम्मा गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सन्देश शर्माले लक्ष्मीको खाता नम्बर पठाएअनुसार गजेन्द्र बुढाथोकीले लाखौं रुपैयाँ जम्मा गरेको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकी महर्जनलाई प्रहरीले शुक्रवारै जिल्ला अदालतमा उपस्थित गराई हिरासतमा…

पुरा पढ्नुहाेस्

नक्कली भुटानी शरणार्थी प्रकरण: काठमाडौँ जिल्ला अदालतमा ३३ जनाबिरुद्ध मुद्दा दर्ता

जेठ १०,काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने बहानामा भएको ठगी प्रकरणको मुद्दा दर्ता भएको छ । बुधबार सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । जसअनुसार अभियुक्तहरुविरुद्ध ठगी, कीर्ते, संगठित र राज्यविरूद्धको गरी चार वटा छुट्टाछुट्टै मुद्दा लगाइएको छ । यस्तै २७ करोड २१ लाख बिगो माग गरिएको छ । यसअघि सरकारी वकिल कार्यालयको आठ सदस्यीय समितिले प्रहरीले बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी अभियोजन पत्र तयार गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा सयौँ नागरिकको करोडौँ रकम…

पुरा पढ्नुहाेस्

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो, को निस्कियो दोषी ?

काठमाडौँ । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले झण्डै दुई महिना लामो अनुसन्धानपछि आज प्रतिवेदन बुझाएको हो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असुली गर्ने प्रयासमा कम्तिमा ३२ जना संलग्न रहेको निष्कर्ष निकालेको र रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको काठमाडौं प्रहरी परिसरका एक अधिकृतले बताए । केहीलाई ठगी र संगठित अपराधसहित केहीलाई लिखतसम्बन्धी कसुर कीर्तेमा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको स्रोतले बतायो । केहीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान…

पुरा पढ्नुहाेस्

नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘हदम्याद’भित्र अनुसन्धान भ्याउन कठिन

जेठ ५, काठमाण्डौँ । एकातिर दिनहुँ नयाँनयाँ तथ्य भेटिइरहँदा थप व्यक्तिलाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याउनुपर्ने छ भने अर्कातिर ‘६० दिने’हदम्याद सकिने दिन नजिक आइरहेको छ । संगठित अपराध निवारण ऐन, २०७० अनुसार पक्राउ परेका व्यक्तिलाई ६० दिन हिरासतमा राखेर अनुसन्धान गर्न सकिन्छ । ऐनअनुसार हदम्याद सन्निकटमा आइसकेको छ। हदम्याद गुज्रिने दिन नजिकिँदै आउँदा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंबाट अनुसन्धान सकाएर प्रतिवेदन बुझाउन प्रहरीलाई निरन्तर दबाब आइरहेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानको नेतृत्व जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको छ । आवश्यकताअनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं…

पुरा पढ्नुहाेस्

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको निष्कर्ष कस्तो आयो ? मुख्य योजनाकार सार्वजनिक !

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य योजनाकार इन्द्रजित राई भएको प्रहरीले निष्कर्ष निकालेको छ । सरकारले ३० जेठ २०७६ मा पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरु पहिल्याउन भन्दै कार्यदल गठन गर्नु अघिबाटै रकम उठाउन सुरु भएको अनुसन्धान अधिकृतहरु बताउँछन् । योजनाकार राई तत्कालीन उपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझी र तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार हुन् । रायमाझीले तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार राईसँग मिलेर शरणार्थी बनाउने नाममा असुली गर्ने चलखेलको योजना बनाएको अनुसन्धान अधिकृतहरुको निष्कर्ष छ ।

पुरा पढ्नुहाेस्