कर्णालीमा नयाँ मुख्यमन्त्रीको दावी पेश गर्न आह्वान

कार्तिक १६, काठमाडौँ । कर्णाली प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरेका हुन् । प्रदेश सचिव ठाकुरप्रसाद सिग्देलका अनुसार आज साँझ ७:३० बजेभित्र दावी पेश गरिसक्न प्रदेश प्रमुखले समय दिएका छन् । दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न भनिएको छ । कर्णालीमा नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाही नयाँ मुख्यमन्त्री बन्ने तयारीमा छन् । कांग्रेससँग भएको सहमतिअनुसार नेकपा माओवादी केन्द्रका संसदीय दलका…

पुरा पढ्नुहाेस्