नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग अन्तिम चरणमा

साउन ३, काठमाण्डोँ । नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ । मुख्य सुरुङ मार्ग करिब ५१५ मिटर र सहायक टनेल करिब ४५ मिटर खन्न बाँकी छ । आयोजनाका इन्जिनियर रमेश कोइरालाले मुलुकका अन्य आयोजनाका तुलनामा यस सुरुङ मार्गको काम तीव्र गतिमा भइरहेको बताउँदै मुख्य र सहायक सुरुङ खन्ने काम क्रमशः असोज र साउनभित्र सम्पन्न हुने जानकारी दिए। उनका अनुसार आयोजनाको समग्र भौतिक र आर्थिक प्रगति क्रमशः ७५ र ६१ प्रतिशत छ। सुरुङ मार्ग सञ्चालनयोग्य बनाउन भने करिब एक वर्ष लाग्ने छ। सुरुङभित्र आवश्यक प्रकाश, हावा, सिसिटिभी,…

पुरा पढ्नुहाेस्

नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य पुनः सुरु

बैशाख ५,काठमाडौँ । स्थानीयवासी र सुरुङ मार्ग आयोजनाबीच सहमति भएसँगै नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य पुनः सुरु भएको छ । आयोजनाको कार्यालयमा स्थानीयवासीले आक्रमण गरेपछि एक हप्तादेखि थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य ठप्प भएको थियो । सुरुङ मार्ग आयोजना प्रमुख नरेशमान शाक्यले जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा आयोजना कार्यालय र स्थनीयवासीबीच भएको सहमतिसँगै आइतबार साँझबाट नै सुरुङ मार्ग निर्माण कार्य पुनः सुरु भएको जानकारी दिए। चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, काठमाडौँका सुरक्षा निकायका प्रमुख, सुरुङ मार्ग आयोजनाका प्रमुखलगायतको सहभागितामा भएको बैठकले सुरुङ मार्ग क्षेत्र बस्तीमा पानीको सुनिश्चितता…

पुरा पढ्नुहाेस्

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग खन्ने काम निरन्तर

जेठ ४, काठमाण्डौ । कोभिड–१९ महामारीबीच थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण नियमित रूपमा अगाडि बढिरहेको छ । सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड र निषेधाज्ञा पालना गर्दै आयोजनास्थलमै ‘आइसोलेसन सेन्टर’ निर्माण गरी सुरुङ खन्ने कामलाई निरन्तरता दिइएको सडक विभागले जनाएको छ । विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले कोभिड–१९ महामारीका कारण धेरैजसो विकास आयोजनाको काम ठप्प रहेको अहिलेको अवस्थामा थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण नियमित अगाडि बढिरहेको जानकारी दिए । सुरुङ खन्ने कामलाई निरन्तरता दिइए पनि महामारीकै कारण फ्लाई ओभर, पहुँचमार्ग निर्माणलगायतको काम तत्काल बन्द गरिएको जानकारी उनले दिए । आयोजनाका अनुसार निर्माणस्थलमै एम्बुलेन्स, अक्सिजन सिलिन्डर र…

पुरा पढ्नुहाेस्

“नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा देखिएको मुआब्जा समस्या तत्काल समाधान हुनुपर्छ” : सांसद त्रिपाठी

माघ २९, काठमाण्डौ । प्रतिनिधिसभा आजको बैठकको शून्य समयमा सांसदहरुले मुलुकको समसायिक विषयमा सरकारको ध्यानाकर्षण गराए । सांसद विमला विकले बाँके बर्दिया क्षेत्रमा अझै बाढीपीडितका समस्या समाधान गर्न माग गरे । सांसद भूमिप्रसाद त्रिपाठीले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा देखिएको मुआब्जा समस्या तत्काल समाधान गरी निर्माण कार्य अघि बढाउन सरकारको ध्यानाकर्षण गराए । सांसद भैरवबहादुर सिंहले बझाङको एकमात्र राजमार्ग साँघुरो र कालोपत्र पनि गुणस्तरहीन भएको भन्दै स्तरोन्नतिको माग गरे ।

पुरा पढ्नुहाेस्

नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको प्राविधिक प्रस्ताव स्वीकृत

फागुन २८,काठमाडौँ । नागढुङ्गाबाट सिस्नेखोलासम्मको नेपालकै पहिलो सुरुङ मार्गको प्राविधिक प्रस्ताव स्वीकृत भई आर्थिक प्रस्ताव खोल्ने प्रक्रिया शुरु भएको छ । तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले विसं २०६७ माघ २३ गते पदबहाली गरेको दिन सो सुरुङमार्ग निर्माण गर्ने निर्णय गरेका थिए। प्राप्त भएका छ वटा प्राविधिक प्रस्तावमध्येबाट स्वीकृत गरी आर्थिक प्रस्ताव खोल्ने गरी प्रक्रिया अघि बढाइएको नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ । मार्ग निर्माणका लागि एक जापानी र पाँच चिनियाँ कम्पनीले प्राविधिक प्रस्ताव पेश गरेको आयोजना निर्देशक श्यामप्रसाद खरेलले जानकारी दिए । प्राविधिक प्रस्ताव स्वीकृत भएका कम्पनीको मात्र आर्थिक…

पुरा पढ्नुहाेस्