निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे सुझाव दिन विज्ञ समूह गठन

साउन २२,काठमाडौँ । सरकारले सर्वोच्च अदालतको आदेश अनुसार निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे सुझाव दिन विज्ञ समूह गठन गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक वीरेन्द्र देउजाको संयोजकत्वमा विज्ञ समूह गठन भएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । उनका अनुसार शुक्रबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । विज्ञ समूहमा पूर्वअर्थसचिव रामेश्वर खनाल, पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यसहितका व्यक्ति रहेको उनले जानकारी दिए । समूहले १ महिनाको समय पाएको छ । समूहमा वातावरण, विकास, अर्थतन्त्र र हवाई क्षेत्रका विज्ञहरु समावेश रहेको महानिर्देशक अधिकारीले जानकारी दिए । सर्वोच्च अदालतले निजगढ विमानस्थल…

पुरा पढ्नुहाेस्

निजगढ विमानस्थल रोक्ने सर्वोच्चको फैसलामा नेताहरुको विरोध

जेठ १३, काठमाडौँ । सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा रोक लगाउने फैसला गरेसँगै राजनीतिक दल तथा नेताहरुले अदालतको फैसलाको विरोध गरेका छन् । सर्वोच्चको परमादेशलगत्तै प्रमुख प्रतिपक्ष नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल ट्वीटरमार्फत निजगढमा विमानस्थल निर्माणमा रोक लगाउने सर्वोच्चको फैसला हरेक दृष्टिकोणबाट गलत रहेको उल्लेख गरेका छन् । कार्यकारीको काममा यस्तो हस्तक्षेप न्यायिक सक्रियताको गलत बाटो भएको पोखरेको टिप्पणी छ । यस निर्णयले फास्ट ट्रयाकमा भएको लगानीलाईसमेत डुबाउने र मुलुकलाई आर्थिक संकटमा फसाउने पोखरेको तर्क छ । महासचिव पोखरेलले गम्भीर र जिम्मेवार बन्न अपिल गरेका छन् ।…

पुरा पढ्नुहाेस्

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल: बालुवाटारमा उच्च तहमाझ गुरुयोजना ब्रिफिङ !

पुस २३,काठमाडौँ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको गुरुयोजना तयार भएको छ । विमानस्थल निर्माणको अध्ययनका लागि नियुक्त परामर्शदाता एमरएस सीजी–इन्फ्राटा बीडीए अथोरिटी जेभी र नेपालको जोशी एसोसिएट्सले गुरुयोजना तयार पारेको हो । तयार पारिएको गुरुयोजना बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल, माधवकुमार नेपाल तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, वन तथा भू–संरक्षणमन्त्री रामसहायप्रसाद यादवसहितको उपस्थितिमा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रस्तुत गरियो । सो अवसरमा नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल, नेकपा ९माओवादी केन्द्र०का नेता नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलगायतको सहभागिता…

पुरा पढ्नुहाेस्

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण : कतारले चासो देखाएपछि कागजात पठाईयो

माघ २१,काठमाडौँ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कतारले चासो दिएपछि सरकारी स्तरमा छलफल अघि बढेको छ । प्रस्तावअनुसार झण्डै ४ खर्बमा बन्ने यो परियोजनाबारे कतार सरकारले जान्ने इच्छा देखाएपछि सरकारले यससम्बन्धी विभिन्न कागजात पठाएको छ । सम्भाव्यता अध्ययन रिपोर्टसहित विभिन्न समयमा तयार गरिएका सरकारी प्रतिवेदन दूतावासमार्फत कतार पठाइएको हो । पर्यटन मन्त्रालय स्रोतका अनुसार आयोजनाको सम्भाब्यता र यसमा गरिने लगानी उठ्ने सुनिश्चितताका लागि कतारले अध्ययन गर्न खोजेको छ । कतारको अनुरोधअनुसार निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे तयार भएका विभिन्न प्रतिवेदनहरुको प्रतिलिपी पठाइएको हो । यो विमानस्थल बनाउने स्रोत हालसम्म पनि जुटेको छैन…

पुरा पढ्नुहाेस्