निजी आवास पुनर्निर्माणको समय पुनः थप, कहिलेसम्म थपियो ?

असार १०, काठमाण्डौ । भूकम्पबाट भत्किएका निजी आवास पुनर्निर्माण गर्ने समय आउँदो कात्तिकसम्म थपिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको प्राधिकरणको निर्देशक समितिको बैठकले यसै आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएका निजी आवास लगायतका पुनर्निर्माणका काम २०७८ कार्तिक मसान्तसम्ममा सम्पन्न गर्ने निर्णय गरेको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सीईओ सुशील ज्ञवालीले यथासम्भव न्यून जनशक्ति परिचालन गरी आर्थिक वर्ष २०७८र०७९ को पहिलो चौमासिकभित्र बाँकी काम सम्पन्न गरिने र अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तथा हस्तान्तरणका कामलाई एकैसाथ अघि बढाइने जानकारी दिए ।      

पुरा पढ्नुहाेस्