निस्सासिएर तीन महिने बालकको मृत्यु, दुई गम्भिर

माघ ९, काठमाडौं । भक्तपुरमा निस्सासिएर तीन महिने बालकको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका(४ दधिकोट गाम्चास्थित घरको कोठामा निस्सासिएर तीन महिने बालकको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । दुई जना गम्भीर अवस्थामा समेत रहेको पाण्डेले बताए । रामेछाप मन्थली नगरपालिका घर भई सो ठाउँमा ३० वर्षीय अभिषेक रम्तेल, उनकी श्रीमती २८ वर्षीया पसुना तामाङ र तीन महिने छोरा गाम्चास्थित भावना थापाको जस्ताले छाएको घरमा बस्थे । उनीहरू दुई वर्षदेखि त्यहाँ डेरा गरी बसेका थिए । शनिबार बेलुकी खाना खाएर उनीहरूले कोठामा…

पुरा पढ्नुहाेस्

निस्सासिएर एकै घरका चार जनाको मृत्यु

माघ २, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतस्थित बुद्बुदी गाउँमा निस्सासिएर एकै घरका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवालय गाउँपालिका–४ जाजरकोट स्थायी निवासी ३५ वर्षीय कल्पा बुढा, उनका आठ वर्षीय छोरा नीरज र नौ वर्षीय अर्का छोरा चीरञ्जीवी र कल्पाकै दाजुको पाँच वर्षीय छोरा सम्राट आज घरमै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । शनिबार बेलुका सूचना पाउने वित्तिकै त्यहाँ पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घरमा कोइला बाली झ्याल ढोका थुनेर बस्दा उनीहरूको मृत्यु भएको हुन सक्ने आशङ्का…

पुरा पढ्नुहाेस्

निस्सासिएर एकै परिवारका चार जनाको मृत्यु, तीन बेहोस

पुस १५, काठमाडौं । नेपालगञ्जस्थित भेरी अस्पतालको क्वार्टरमा निस्सासिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । कार्यालय सहयोगीको क्वाटरमा विहान अबेरसम्म पनि ढोका नखुलेपछि हेर्दा सुतेका ७ जनामध्ये ४ जना मृत भेटिएका हुन् । तीन वर्षदेखि कार्यालय सहयोगीको रुपमा कार्यरत कालिकोट खाँडाचक्र नगरपालिका–६ का धनप्रसाद भट्टराईको परिवार सुतेको कोठामा घटना भएको हो । घटनामा २३ वर्षीय भट्टराईसहित उनकी आमा ४५ वर्षकी कोकिला, ३ महिने छोरा इप्सन र २७ वर्षीया दिदी नन्दकलीको मृत्यु भएको हो । श्रीमती, भाइ र अर्का एक छोरा बेहोस अवस्थामा भेटिएको भेरी अस्पतालका प्रमुख डाक्टर वीरेन्द्रबहादुर…

पुरा पढ्नुहाेस्