नेता पाण्डेद्धारा निर्माणाधिन धार्के-सितापाईला सडकको अनुगमन

माघ १२,काठमाडौँ । बागमती प्रदेशका पुर्व मुख्यमन्त्री तथा प्रतिनिधीसभा धादिङ १ का सांसद राजेन्द्रप्रसाद पाण्डेले धादिङमा निर्माणाधिन धार्के-सितापाईला सडक अनुगमन गरेका छन् । बुधबार धादिङ आएका पाण्डेले निर्माणाधिन थाँक्रे गाँउपालिका वडा नं. १ र गल्छी गाउँपालिका वडा नम्बर ८ खयरघारी जोड्ने महेशखोला पुल र धुनिबेशी नगरपालिकाको धार्के बजारबाट काठमाण्डौको सितापाईला जोड्ने बैकल्पीक सडकको स्थलगत अनुगमन गरेका हुन् । धार्के–ठूलोखोला सडक खण्ड पूर्णरूपमा कालोपत्रे गरी सम्पन्न गर्न यसअघि नै ठेक्का लागेर काम भईरहेको छ । २०५१ सालमै ट्रयाक खोलिएको यो सडक त्यसयता सामान्य स्तरोन्नति हुँदै आएको थियो । निरिक्षणका क्रममा पाण्डेले…

पुरा पढ्नुहाेस्