नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तव काठमाडौं आइपुगे

असार ११, काठमाडौ । नेपालका लागि नव–नियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव आज काठमाडौं आइपुगेका छन्  । श्रीवास्तव करियर कूटनीतिज्ञ हुन्  । काठमाडौं आउनुअघि वहाँ नयाँ दिल्लीमा चीन, जापान , कोरिया र मङ्गोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखको रुपमा कार्यरत थिए । उनले पूर्वी लद्दाख सीमा विवादबारे चीनसँग विभिन्न चरणमा कूटनीतिक वार्ता गर्न भारतीय वार्ता टोलीको नेतृत्व पनि गरे । श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रुपमा काम गरिसकेका छन्  । साथै उनले वासिङटन, बेइजिङ, संघाई र हङकङमा विभिन्न जिम्मेवार पदमा रही काम गरिसकेका छन्  ।

पुरा पढ्नुहाेस्

नेपालका लागि भारतीय राजदूत क्वात्रा भारतको विदेश सचिवमा नियुक्त

चैत्र २२,काठमाडौँ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा भारतको विदेश सचिवमा नियुक्त भएका छन् । भारत सरकारको मन्त्रिपरिषद्को बैठकले क्वात्रालाई विदेश सचिवमा नियुक्त गरेको विदेश मन्त्रालयले जनाएको छ । सन् १९८८ देखि कुटनीतिक सेवामा प्रवेश गरेका क्वात्राले यसअघि भारत सरकारको विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा सहसचिवको रूपमा काम गरिसकेका छन्। यस्तै क्वात्रासँग तीन वर्ष अमेरिकी राजदूत भएर काम गरेको अनुभवसमेत रहेको छ ।

पुरा पढ्नुहाेस्