पौष २८,काठमाण्डौँ । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । नेपाल सरकारले चालू आवको बजेट मार्फत आठ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ । गत आर्थिक वर्ष ०७८/७९ मा भने नेपालको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत रहेको थियो । आगामी आव ०८०/८१ (सन् ०२३/२४) मा नेपालको आर्थिक वृद्धिदर थप खुम्चिएर ४.९ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण छ । विश्वव्यापी अर्थतन्त्रबारे विश्व बैंकले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको हो । रुस–युक्रेन युद्धबाट दक्षिण एसियाली अर्थतन्त्र प्रभावित हुँदा नेपालको अर्थतन्त्रमा पनि असर परेको विश्व बैंकको भनाइ छ ।…
पुरा पढ्नुहाेस्Tag: नेपालको आर्थिक वृद्धिदर १.८ प्रतिशत
नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने विश्व बैंकको संशोधित अनुमान
आश्विन २१,काठमाडौँ । विश्व बैंकले नेपालको चालु आर्थिक वर्षमा नेपालको वृद्धिदर ५ दशमलव ८ प्रतिशत हुने संशोधित अनुमान सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको ‘साउथ एसिया इकोनोमिक फोकस’ मा यसअघि गरिएको ३ दशमलव ७ प्रतिशतमात्र रहने प्रक्षेपणलाई संशोधन गरी यो वर्ष ५ दशलमव ८ प्रतिशत वृद्धिदर पुग्ने उल्लेख छ । कोरोनाविरुद्धको खोप अभियान प्रभावकारी बनेको, सीमा नाकाबाट व्यापार सहज भएको र लगानीका लागि कर्जा प्रवाहको अवस्थालाई मध्यनजर गरेर नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ८ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको विश्व बैंकले जनाएको छ । यसलाई निकै महत्त्वपूर्ण उपलब्धिका रूपमा लिन…
पुरा पढ्नुहाेस्नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने अनुमान
असोज ६, काठमाण्डौ । एसियाली विकास बैङ्क एडीबी ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ८ प्रतिशत हुने संशोधित अनुमान गरेको छ । यसअघि एडीबीले यस वर्षका लागि ३ दशमलव ९ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । तर सन् २०२३ का लागि एडीबीले आर्थिक वृद्धिदर घटाएको छ । यसअघि नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत रहने अनुमान गरेको एडीबीले एसियन डेभलपमेन्ट आउटलुक, २०२२ को अद्यावधिक प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ७ प्रतिशत पुग्ने प्रक्षेपण गरेको हो ।
पुरा पढ्नुहाेस्नेपालको आर्थिक वृद्धिदर पुरानै रहने प्रक्षेपण
साउन १४, काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले नेपालको आर्थिक वृद्धिदर गएको वर्ष जस्तै रहने प्रक्षेपण गरेको छ । आईएमएफको वर्ल्डको इकोनोमिक आउट लुक प्रतिवेदनको जुलाई संस्करणमा नेपालले सन् २०२२ मा ४ दशमलव २ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने उल्लेख छ । सन् २०२१ को तुलनामा यो वृद्धिदर स्थिर हो। तर गएको अप्रिलमा आईएमएफले नेपालको वृद्धिदर ४ दशमलव १ प्रतिशत रहने प्रक्षेपण गरेको थियो । समग्र विश्व अर्थतन्त्र नै उत्पादन सङ्कुचन, उच्च मुद्रास्फीति र वित्तीय अस्थिरताको जोखिमतर्फ धकेलिन लागेको आईएमएफको प्रक्षेपणका बीच नेपालको वृद्धिदरमा सुधारसहितको संशोधन प्रस्तुत भएको हो।
पुरा पढ्नुहाेस्नेपालको आर्थिक वृद्धिदर २ दशमलव १२ प्रतिशतले ऋणात्मक अवस्थामा
जेठ १४, काठमाण्डौ । नेपालको आर्थिक वृद्धिदर २ दशमलव १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको छ । पछिल्लो दुई दशकमै पहिलो पटक नेपालको आर्थिक वृद्धिदर २ दशमलव १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको हो । शुक्रवार सार्वजनिक आर्थिक सर्वेक्षण २०७८ मा २०७१र०७२ को महाभूकम्पबाट सिर्जित आर्थिक क्षति भन्दा पनि यो उच्च भएको जनाइएको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण २०७८ सार्वजनिक गर्दै पछिल्लो दुई दशकमै पहिलो पटक देशको आर्थिक वृद्धिदर २ दशमलव १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको बताए ।
पुरा पढ्नुहाेस्नेपालको आर्थिक वृद्धिदर १.८ प्रतिशत
जेठ २८, काठमाण्डौ । कोरोना महामारीका कारण सिर्जित परिस्थितिले विश्व अर्थतन्त्र शिथिल बन्दा आर्थिक वृद्धिदरमा ठूलो झट्का लाग्ने विश्व बैङ्कले प्रक्षेपण गरेको छ । विश्व बैङ्कले सोमबार मात्रै सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स २०२०’ सम्बन्धी प्रतिवेदनले महामारीको प्रभावबाट विश्वका कुनै पनि क्षेत्र अलग नरहने उल्लेख गरेको छ । प्रतिवेदनमा दक्षिण एसियाली मुलुकहरूमा कोभिड १९ बाट सङ्क्रमितको सङ्ख्या तुलनात्मक रूपमा कम देखिए पनि छोटो अवधिको आर्थिक गतिविधिमा भने नराम्रो असर परेको उल्लेख छ । यस क्षेत्रको आर्थिक वृद्धिदर औसतमा २।२ प्रतिशत हुने अनुमान गरिएको छ । जसमध्ये नेपालको चालू वर्षको वृद्धिदर…
पुरा पढ्नुहाेस्