नेपालद्धारा माल्दिभ्स ४–० ले पराजित

साउन ९,काठमाडौँ । २० वर्षमुनिको साफ च्याम्पियनशिप पुरुष फुटबल प्रतियोगितामा नेपालले माल्दिभ्सलाई चार–शून्यले हराएको छ । भारतको भुवनेश्वरमा भएको खेलमा नेपालले माल्दिभ्सलाई चार–शून्यले हराएको हो । पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा थप तीन गोल गरेको हो । नेपालका लागि खेलको ४२ औँ मिनेटमा दीपेश गुरुङ, ५७ औँ मिनेटमा सुगम सुवाल, ६२ औँ मिनेटमा आयुष घलान र ९४ औँ मिनेटमा मनग्य नकर्मीले गोल गरे । आजै हुने अर्को खेलमा बेलुका ७ बजे श्रीलङ्का र बङ्गलादेश खेल्ने छन् । च्याम्पियनशिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेशको सहभागिता…

पुरा पढ्नुहाेस्