नेपालमा कोरोना संक्रमित ७८ जना थपिए : एक जनाको मृत्यु, सक्रिय संक्रमित कति ?

वैशाख ९, काठमाडौँ । शनिबार देशभर ७८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभरका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २२४ जनाको पीसीआर परीक्षणमा २० र ९२४ जनाको एन्टिजेन परीक्षणमा ५८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै शनिबार कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । सोही अवधिमार ५० जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । हाल ३८३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पुरा पढ्नुहाेस्

नेपालमा कोरोना संक्रमित १२१ थपिए : एकजनाको मृत्यु, सक्रिय कति ?

काठमाडौँ । देशभर पछिल्लो समय २ हजार ३ सय ७७ जनाको कोरोना परीक्षण गर्दा थप १ सय २१ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । ८१ जना कोरोना मुक्त रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । मन्त्रालयका अनुसार हाल देशभर ४ सय ४५ जना सक्रिया संक्रमित छन् ।

पुरा पढ्नुहाेस्

नेपालमा कोरोना संक्रमित संख्या बढ्दो : २४ घण्टामा थप २६ जना थपिए, ९ जना स्वस्थ !

जेठ २०, काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप २६ जनामा कोभिड १९ पुष्टि भएको छ । जुन की सोही अवधिमा निको हुनेको सङ्ख्या ९ रहेको छ । १०० भन्दा मुनि झरेको सक्रिय संक्रमितको सङ्ख्या समेत बढेर १११ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ५ जनाको नमुना परीक्षण गरिएको थियो ।

पुरा पढ्नुहाेस्

नेपालमा कोरोना संक्रमित र निको हुने संख्या करिव बराबरी, एकैदिन ७ हजार ४ सय २५ स्वस्थ !

जेठ १०, काठमाण्डौ । गएको २४ घण्टामा देशभर सात हजारभन्दा धेरै जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । गएको २४ घण्टामा देशभर सात हजार एक सय ३५ जना कोरोनामुक्त भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टमा देशभर सात हजार चार सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १९ हजार आठ सय ४६ जनाको पीसीआर विधाबाट परीक्षण गर्दा सात हजार दुई सय २० जनामा र ६ सय सात जनाको एन्टिजेन परीक्षण गर्दा दुई सय पाँच जना गरी सात हजार चार सय २५ जनामा…

पुरा पढ्नुहाेस्

नेपालमा कोरोना संक्रमित घटे, ९५२ आईसीयू र ४३८ भेन्टिलेटर खाली

पुस २२, काठमाडौ । आईसीयू र भेन्टिलेटरको अभावमा कोरोना संक्रमितले समयमै उपचार नपाएको समाचार केही महिनाअघिसम्म आइरहन्थे । कोरोना संक्रमणको दरमा कमी आएसँगै सातवटानै प्रदेशमा रहेको अस्पतालहरुमा आईसीयू तथा भेन्टिलेटर कक्षहरुमा चाप कम हुन थालेको छ । २०७७ साउनमा मात्रै सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका सुजित बस्नेत साउनमा गाउँको भाइलाई कोभिड भएपछि बेड नपाएर पावर लगाउने अवस्था आएको सम्झम्छन् । जाडो महिनामा कोभिडका बिरामी बढ्न सक्ने भन्दै सरकारी संयन्त्रबाट निजी तथा सरकारी अस्पतालहरुमा आइसोलेशन बेड, होम तथा होटल क्वारेन्टाइन, जनरल बेड, आईसीयू र भेन्टिलेटर तयारी अवस्थामा राखेको थियो । सरकारले सोचेको भन्दा…

पुरा पढ्नुहाेस्

नेपालमा कोरोना संक्रमित निको हुनेदर उच्च : २४ घण्टामा ११ सय ७५ कोरोना संक्रमित डिस्चार्ज !

पुस ४, काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप ११७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ४२ हजार ५६७ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । यसअघि शुक्रबार तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ४१ हजार ३९२ थियो । नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १७७७…

पुरा पढ्नुहाेस्

नेपालमा कोरोना संक्रमित संख्या लाख नाघ्यो : पछिल्लो २४ घण्टामा दुई हजार ५९ जनालाई संक्रमण

  असोज २३, काठमाडौं । नेपालमा कोरोना भाइरस कोभिड–१९ संक्रमण हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ५९ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा एक लाख ६ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ११ हजार १ सय ७६ जना रहेका छन् भने होम आइसोलेसनमा १५ हजार ८ सय ७७ जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार…

पुरा पढ्नुहाेस्

नेपालमा कोरोना संक्रमित निको हुने दर बढ्यो,दुई तिहाई संक्रमणमुक्त

साउन ४, काठमाण्डौ । नेपालमा अहिलेसम्म साढे १७ हजार जनामा कोरोना भाइरस संक्रमण भए पनि सक्रिय संक्रमित भने ५ हजार ८२५ जनामात्र छन् । अर्थात् दुई तिहाइ संक्रमित संक्रमणमुक्त भइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये ११ हजार ६३७ जना निको भइसकेका छन् । ४० जना संक्रमितको भने मृत्यु भएको छ । एक साताको अवधिमा सक्रिय संक्रमित २ हजार ४१४ जना डिस्चार्ज भएका छन् । अहिलेका सक्रिय संक्रमितमध्ये प्रदेश १ मा ७९ जना, २ मा १ हजार ८४४, बाग्मती प्रदेशमा ४११, गण्डकी प्रदेशमा ४०८ जना आइसोलेसनमा उपचाररत…

पुरा पढ्नुहाेस्

नेपालमा कोरोना संक्रमित ४ सय ४४ पुगे, कुन जिल्लामा कति ? (विवरणसहित)

जेठ ८, काठमाडौं । नेपालका कुल ७७ वटा जिल्ला मध्ये ३८ वटा जिल्लामा कोरोना संक्रमण फैलिएको छ । ४ महिनाको अवधिमा सातै वटा प्रदेशमा कोरोना संक्रमणको प्रकोप फैलिएको छ । नेपालमा आज बिहीवार थपिएका १७ जना संक्रमित सहित ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै नेपालमा अहिलेसम्म ४५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ । यी हुन् नेपालमा अहिलेसम्म कोरोना संक्रमित भेटिएका ३८ जिल्लाहरूको विवरणः १. पर्सा ९१ २. कपिलवस्तु ५९ ३. उदयपुर ३३ ४. रुपन्देही २८ ५. बाँके ९९ ६. काठमाडौं…

पुरा पढ्नुहाेस्

नेपालमा कोरोना संक्रमित ३० पुग्यो, आज संक्रमित १४ जना पुरुष: स्वास्थ्य मन्त्रालय

बैशाख ५,काठमाडौँ । स्वास्थय तथा जनसंख्या मन्त्रालयले शुक्रबार एकैदिन १४ जनाको कोरोना संक्रमण भएको बताएको छ । मन्त्रालयले भनेको छ –हालको अध्यावधिक विवरण अनुसार कोभिड–१९ को जम्मा पुष्टी भएको संख्या ३० पुगेको छ । जस मध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टी भएको छ । ३० मध्ये १२ जना संक्रमित उलयपुरका रहेको जनाइएको छ । ती सबै पुरुष रहेको मन्त्रालयले बताएको छ । उनिहरुको उमेर क्रमश. ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षिय रहेको छ । उदयपुरका संक्रमित सवै भारतीय रहेको बताइएको छ…

पुरा पढ्नुहाेस्