नेपालमा थप ८५ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित कति ?

चैत्र २३, काठमाण्डौँ । पछिल्लो २४ घण्टामा देशभर ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १ हजार ४ सय २ जनाको नमुना परीक्षण गर्दा ८५ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा २७ जना सङ्क्रमित निको भएका छन् । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ३ सय ५८ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै मन्त्रालयका अनुसार २४ घण्टामा २ लाख ७५ हजार ६१ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको छ ।

पुरा पढ्नुहाेस्