कांग्रेस संस्थापनइतर पक्षको आज छुट्टै भेला

असोज २०, काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर शेखर कोइराला पक्षले आज छुट्टै भेला बोलाएको छ । भेला दिउँसो २ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्नेछ । भेलाले खबरदारीपछि संस्थापन पक्षले सच्याएर बुझाएको समानुपातिक उमेदवारको बन्दसूचीमा समीक्षा गर्नेछ । आफ्नो माग संस्थापन पक्षले पूरा नगरे विद्रोह गर्ने चेतावनीपछि बन्दसूची हेरफेर गर्दै शेखर समूहका नेताको नाम थप गरिएको थियो । आफ्नो समूहबाट प्रत्यक्षतर्फ उमेदवार बन्न इच्छुक र सक्षम व्यक्तिको नाम संकलन गर्ने भेलाले उनीहरुको सूची संसदीय बोर्डमा रहेका सदस्यलाई बुझाउने विषयमा छलफल गर्ने बताइएको छ ।  

पुरा पढ्नुहाेस्

कांग्रेसको समानुपातिक बन्दसूचीमा को-को परे (हेर्नुहोस सूची)

असोज १९, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फका समानुपातिक बन्दसूचीमा हेरफेर गर्दै १ सय १० जना उम्मेदवार तय गरेको छ । नेता डा। शेखर कोइराला पक्षको दबाबपछि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले अन्तिम बन्दसूची हेरफेर गरेका हुन् । जुन निर्वाचन आयोगमा पेस भइसकेको छ । खस आर्य पुरुष तर्फको पहिलो नम्बरमा प्रवक्ता प्रकाशशरण महतको नाम छ भने महिलातर्फ केन्द्रीय सदस्य अम्बिका बस्नेतको नाम रहेको छ । यस्तै आदिवासी जनजाति पुरुषतर्फ पहिलोमा पूर्व उपसभापति गोपालमा​न श्रेष्ठ र केन्द्रीय सदस्य सरस्वती बजीमयको नाम राखिएको छ । यस्तै दलित महिलातर्फ पहिलो…

पुरा पढ्नुहाेस्

कांग्रेसले बनायो संघीय चुनावका लागि उम्मेदवार चयनको मापदण्ड

असोज १८, काठमाडौँ । नेपाली कांग्रेसले संघीय चुनावका लागि उम्मेदवार चयनको मापदण्ड बनाएको छ । हिजो पार्टी सपभाति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उम्मेदवार चयनको मापदण्ड बनाएको हो । पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार महामन्त्री विश्व प्रकाश शर्माले बैठकमा प्रस्तुत गरेको प्रस्ताव पारित गर्दै उम्मेदवार चयनको मापदण्ड बनाएको हो । ‘प्रतितिनिधि सभा र प्रदेश सभानिर्वाचन २०७९ को पहिलो निर्वाचित हुने प्रणाली तर्फका उम्मेदवारको चयनका लागि आधार र मापदण्ड तय गरिएको छ’’, मुख्य सचिव पौडेलले भने । उम्मेदवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान…

पुरा पढ्नुहाेस्

तिलोत्तमा नगरको प्रमुखमा गृहमन्त्रीका भाइ विजयी

जेठ १३, बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । नगरको प्रमुखमा कांग्रेसका रामकृष्ण खाँण विजयी भएका छन् । खाँण गृहमन्त्री बालकृष्ण खाँणका सहोदर भाइ हुन् । तिलोत्तमामा खसेको ६४ हजार ७२० मतमध्ये कांग्रेसका खाँणले २४ हजार ३९६ मत प्राप्त गरे । नेकपा एमालेका उमेदवार मोहन चापागाईंले २३ हजार ६३१ मत ल्याएका छन् । उपप्रमुखमा भने एमालेकी जागेश्वरी चौधरी भारी मतान्तरसहित विजयी भएकी छन् । चौधरीले २३ हजार ८६ मत ल्याएकी छन् । उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका हेमन्त पाण्डेले ११ हजार…

पुरा पढ्नुहाेस्

कांग्रेसको आज पत्रकार सम्मेलन गर्ने

जेठ ९, काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्ने भएको छ । कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकार सम्मेलनको आयोजना गरेका हुन् । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पत्रकार सम्मेलन दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ । पत्रकार सम्मेलन स्थानीय तह निर्वाचनका विषयमा केन्द्रित रहने र त्यसक्रममा समसामयिक विषयमा पनि प्रष्ट पारिने बताइएको छ ।

पुरा पढ्नुहाेस्

धनुषाको नगराइन नगरको प्रमुखमा कांग्रेसका विनय विजयी

जेठ ६, काठमाडौँ । धनुषाको नगराइन नगरपालिकामा नेपाली कांग्रेसका विनय कुमार यादव र उपप्रमुखमा नेकपा एमालेकी राधा देवी यादव विजयी भएका छन् । नगरप्रमुखमा विजयी यादवले ५ हजार ५५६ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामबाबु पञ्जियारले ५ हजार ५१४ मत पाए । लोसपाका उम्मेदवार राजेश चौधरी २ हजार ७५८ मत पाए । यस्तै उपप्रमुखमा नेकपा एमालेकी राधादेवी यादव विजयी भएकी छन् । यादवले ५ हजार ७३० मत ल्याइन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी रञ्जु कुमारी साहले ५ हजार ५२३ पाएका छन् । लोसपाकी उर्मिला देवी मण्डलले…

पुरा पढ्नुहाेस्

भरतपुरमा सत्तारुढ दलको चुनावी सभास्थल जलमग्न

बैशाख २२, काठमाडौं । सत्ता गठबन्धनको चुनावी सभास्थल भरतपुरको केन्द्रीय बसपार्क क्षेत्र जलमग्न भएको छ । गएरातिको वर्षाले भरतपुरस्थित केन्द्रीय बस टर्मिनलको खाली क्षेत्र जलमग्न भएको हो । सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलललगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । उक्त सभास्थलमा पानी जमेर ताल बनेको छ । बुधबारदेखि बनाउन थालिएको मञ्चको भाग पानीले पुरै डुबेको छ । सम्भव भए जेनेरेटरको प्रयोगले पानी फालेर सोही स्थानमा सभा…

पुरा पढ्नुहाेस्

कांग्रेसले आजदेखि २७ गतेसम्म चुनावी सभा गर्दै

बैशाख २१, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आजदेखि सातै प्रदेशमा चुनावी सभा आयोजना गर्ने भएको छ । कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णयानुसार आयोजना गरिएका सभाहरूमा पार्टीका सभापति, नेता एवं पदाधिकारीलगायत केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सबै सभाहरूको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्यसमितिले गर्नेछन् । जसअनुसार वैशाख २१ गते मोरङ (विराटनगर) मा हुने सभामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मालगायत अन्य वक्ताहरूले सम्बोधन गर्ने पार्टी कार्यालयले जनाएको छ । यसैगरी वैशाख २२…

पुरा पढ्नुहाेस्

गठबन्धनको निर्णयविरुद्धको गतिबिधि नगर्न निर्देशन

बैशाख ९, चितवन । नेपाली कांग्रेस चितवनले केन्द्रीय परिपत्रभन्दा बाहिर गएर काम नगर्न निर्देशन दिएको छ । जिल्ला सभापति राजेश्वर खनालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय परिपत्रभन्दा बाहिर गएर भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै तह र तप्काका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् । विज्ञप्तिमा भनिएको छ, यस प्रक्रियालाई नकारात्मक प्रभाव पर्ने गरी केन्द्रीय परिपत्रभन्दा बाहिर गएर भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै नेता तथा कार्यकर्तासँग विनम्रताका साथ आग्रह गर्दछु । आसन्न स्थानीय निर्वाचनमा सबै पार्टी होमिएको अवस्था र कांग्रेसले गठबन्धनलाई आत्मसाथ…

पुरा पढ्नुहाेस्

उम्मेदवारबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

बैशाख ९, काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको उम्मेदवारका विषयमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक शुक्रबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।

पुरा पढ्नुहाेस्